सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि तनाव

पाँचथर / सुत्केरी गराउन स्वास्थ्य संस्था ल्याईएकी महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । जिल्लाको याङवरक गाँउपालिका– ३ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरीका लागि राखिएको महिलाको मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापवार्हीमा मृत्यु भएको भन्दै जाहेरी दिने प्रयास गरीरहेका छन् ।

घटनालाई मिलाउनका लागि प्रयासहरु भईरहेको छ । तीन दिन स्वाथ्य केन्द्रमा राखिएकी गिता सेलिङको मृत्यु भएको थियो । भदौ १५ गते स्वास्थ्य संस्था लगिएकी महिलाको आइतबारे मृत्यु भएको मृतकका आफन्त सन्तोष सेलिङले बताउनुभयो । भ्दौ १५ गते स्वास्थ्य संस्थामा राखेपछि चौकी इन्चार्ज जेतबहादुर शाही र अनमी सोनामी तामाङमा घुम्न गएको आरोप पीडितका आफन्तको रहेको छ ।

आइतबार १७ गते प्रमुख शाही आएपछि पेट थिचेर बच्चा जन्माउन खोजेपछि आधा बच्चा निस्किएर महिलाको मृत्यु भएको आफन्तको आरोप छ । तर स्वास्थ्यकर्मीहरु भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । स्वास्थ्य चौकीमै मृत्यु भएको मृतकका श्रीमान समिर सेलिङले बताउनुभयो । आफन्तहरुले इन्चार्ज शाही, अनमी तामाङ र अनमी बर्षा गौतम विरुद्ध किटानी जाहेरी दिने प्रयास गरेपनि दर्ता हुन सकेको छैन ।

सोमवारनै लिखित उजुरी प्रहरी कार्यालयमा आएपछि प्रहरीले दर्ता गरेको छैन । पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवारले आफूसमक्ष जाहेरी नआएको दाबी गर्नुभएको छ । उपचारमा लापार्वाही गरीएको तथा समयमा रेफर समेत नगरीएको भन्दै स्थानीयले स्वाथ्य चौकीमा तालाबन्दी गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित