उदयपुर जिल्ला अस्पतालमा माईक्रोवायोलोजी कल्चर सेवा शुरु

उदयपुर / सेवा सुबिधा विस्तार गर्ने रणनैतिक योजना अनुसार जिल्ला अस्पताल उदयपुरले सोमबारदेखि माईक्रोवायोलोजी कल्चर ल्याव सेवा उपलब्ध गराउन सुरु गरेको छ । लामो समयको प्रतिक्षा पछि अस्पतालले आफ्नो सेवा सुबिधामा बढोत्तरी गर्ने क्रममा यो सुबिधा सञ्चालनमा ल्याएको हो । यो सुबिधा प्रदेशनं १ का सरकारी अस्पताल मध्ये पहिलो कोसी अस्पलात बिराटगर र उदयपुरको दोस्रो हो ।

नयाँ सुबिधाको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले रिवन काटेर गरे । यो प्रविधिबाट पिप, पिसाव, खकार, रगत, फंङ्गस, ग्राम सटेन, कओएच, माइक्रोस्कोपी लगायतको विरामीको परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेड पवनकुमार साहले बताए ।

परीक्षणका लागि अस्पतालले मेडिकल टेक्नोलोजिस प्रवणकुमार यादव लगायतको ४ जनाको प्राविधिक टिम परिचालन गरेको साहले बताए । उनले भने, ‘टेक्नोलोजिस विभागले पठाएको छ, बाँकी यहीँको जनशक्तिबाट सुविधा उपलब्ध गराउँछौ ।’ त्रियुगा नगरपालिकाको १० लाख र विभागको विभिन्न उपकरण सहयोगवापत १५ लाख गरी २५ लाख रुपिँयाको लागतमा प्रविधि भित्र्याइएको टेक्नोलोजिस यादवले बताए । प्रविधि अभावमा सुबिधा लिनका लागि स्थानीयहरु बिराटनगर धाउना बाध्य भएको अस्पताल विकास समितिका पुर्वअध्यक्ष शिवकुमार रेग्मीले बताए ।

प्रविधिको उद्घाटन गर्दै मेयर चौधरीले अस्पतालको सेवा सुबिधा बिस्तार गरी प्रभावकारी बनाईने बताए । उनले स्थानीय तहको मातहतमा रहने गरी अस्पताललाई राखेपनि कहिलेकाहीँ संघ, प्रदेशले हेर्ने जस्ता विवादस्पद अभिव्यक्तिहरु आउने गरेकाले सेवा विस्तार गर्न नसकिएको बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको आवधिक योजनाको इन्डिकेटरकोरुपमा राखिएको छ, त्यसकारण स्वास्थ्य क्षेत्रको सेवासुबिधालाई टोलटोलमा पुर्याउँछौ ।’ चौधरीले अस्पताललाई सेवामुखी र सुबिधा सम्पन्न बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले २० बर्षपछि जनताले आफ्ना जनप्रतिनिधि पाएकाकारण जनताको चाहाना स्वास्थ्यभन्दा पनि पुर्वाधारतर्फ ध्यान गएकाले स्वास्थ्य क्षेत्र केहि ओझेलमा परेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विक, अस्पताल विकास समितिका पुर्वअध्यक्ष शिव रेग्मी लगायतले बोलेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित