अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण

संखुवासभा / माट्स नेपालद्धारा सञ्चालित संखुवासभाको खाँदबारीमा रहेको बाल कल्याण गृहका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । ११ औं पुस्तकालय दिवसको अवसरमा जनसेवा सार्वजनिक पुस्तकालय, खाँदबारी सार्वजनिक पुस्तकालय र एचआरटिसी संखुवासभाले शुक्रबार सामाग्री हस्तान्तरण गरेको हो । बालगृहमा ८ जना बालबालिका आश्रित छन् । उनीहरुलाई कापी, कलम र पुस्तक वितरण गरिएको माट्स नेपालका अध्यक्ष सन्तोष चापागाईले बताए । आज समृद्ध पुस्तकालय, सुदृढ समाज नाराका साथ संखुवासभामा पनि दिवस मनाइएको छ । २०६३ सालमा स्थापना भएको बाल गृहलाई विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त हुँदै आएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित