महेन्द्र माबिका ६ जना बिध्यार्थीहरूलाइ छात्रवृति प्रदान

पथरी / मोरङ्गको रतुवामाई नगरपालीकाको वडा नं. १० मा रहेको महेन्द्र माध्यमिक विध्यालयमा अध्ययन गर्ने ६ जना छात्र/छात्रालाई २८ हजार ८ सय ६१ रुपैया बराबरको छात्रवृति प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका घनश्यम न्यौपाने,केशब बानिया र बिध्यालयको सहकार्यमा सो रकम बराबरकाे शैक्षिक समाग्री प्रदान गरिएको हो ।गरिव तथा जेहेनदार बिध्यार्थीहरुको शिक्षायात्रालाई सहज बनाउने उद्देश्यका साथमा विध्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विज्ञान र वाणिज्य सकायमा अध्ययनरत विध्यार्थीहरुलाई दाताले अध्ययन गर्न लाग्ने रकमको आधा र विध्यालयले आधा व्याहोर्ने गरि सो वरावरको एक वर्षे छात्रवृति प्रदान गरिएको विध्यालयका प्रधानाध्यापक चिरञ्जीवी निरौलाले बताए ।

छात्रवृति प्राप्त गर्नेहरुमा कक्षा ११ का सृजना कार्की,लक्ष्मी राई र विपिन श्रेष्ठ रहेका छन् भने कक्षा १२ मा अध्ययन गर्ने विध्यार्थीमा रेशा भण्डारी, टिकाराम कार्की सजिना मग्राति रहेका छन् । ११ कक्षाका विध्यार्थीहरुको बार्षीक शुल्कमा २५ प्रतिशत दाता र २५ प्रतिशत विध्यालय र कक्षा १२ मा अध्ययन गर्ने विध्यार्थीको बार्षीक शुल्कमा ५० प्रतिशत दाता र ५० प्रतिशत विध्यालयले बेहोरेकाे हाे । प्रधानाध्यपक चिरञ्जीवी निरौलाको सभापतित्वमा भएको छात्र वृति बितरण कार्यक्रमका बाेल्दै प्रमुख अथिति १० वडा अध्यक्ष टंक प्रसाद ढकालले सामुदायिक विध्यालयमा अध्ययन गर्ने विध्यार्थीहरुको क्षमता वृद्घि गर्न र उनिहरुलाई पढाई प्रति उत्साहा जगाउन यस्ता कार्यक्रमले हौसला प्रदान गरेकाे बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित