बलात्कारीलार्इ कुन देशमा कस्ताे सजाय ?

छिमेकी देश भारतमा ‘रियरेस्ट अफ द रियर’को घटनामा फाँसीको सजाय सुनाइन्छ । बालिकामाथि हुने बलात्कारमा ‘पोक्सो एक्ट’अनुसार मुद्दा दायर हुन्छ । यो कानुनमा बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई १० वर्षदेखि आजीवन कारवासको सजायको प्रवाधान छ ।

मलेसिया : यहाँ बालबालिकामाथि हुने यौन हिंसाका अपराधीलाई ३० वर्ष जेल र कोर्रा लगाउने सजायको प्रावधान छ ।
सिंगापुर : सिंगापुरमा १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई २० वर्षको जेल, कोर्रा लगाउने र जरिवाना तिराउने सजाय छ ।
अमेरिका : अमेरिकामा पहिला बालिकामाथि हुने यौन हिंसामा मृत्युदण्ड हुने कानुनी प्रावधान थियो। तर, क्यानेडी बनाम लुइसियाना घटनामा मृत्युदण्डको सजायलाई असंवैधानिक घोषणा गरियो। अहिले अमेरिकामा मृत्युदण्डको व्यवस्था छैन। यद्यपि बालिकामाथि हुने यौनहिंसामा अपराधीलाई दिने सजाय राज्यअनुसार फरक फरक छन्।

फिलिपिन्स : सबैभन्दा कडा कानुन भएको देश हो फिलिपिन्स । बालिकामाथि यौन शोषण भएको प्रमाणित भएमा ४० वर्षसम्मको जेल सजाय हुन्छ ।
अस्ट्रेलिया : यहाँ बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई कम्तीमा १५ वर्षदेखि बढीमा २५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ।

क्यानडा : क्यानडामा बालयौनशोषण गर्नेलाई १४ वर्षको जेल सजाय हुन सक्छ ।
इंग्ल्याण्ड : बालिकामाथि बलात्कार गरेको प्रमाणित भएमा छ वर्षदेखि १९ वर्षसम्म जेल अथवा आजीवन कारावास हुनसक्छ ।
जर्मन : बलात्कारपछि बालिकाको मृत्यु भएको खण्डमा आजीवन कारावास सजाय हुन्छ। बलात्कारका लागि मात्रै १० वर्षसम्मको सजाय हुने कानुनी प्रवाधान छ ।
दक्षिण अफ्रिका : बालिकालाई बलात्कार गरेको दोषी पाइएमा पहिलो पटक १५ वर्ष, दोस्रो पटक २० वर्ष र तेस्रो पटक २५ वर्षसम्म कैद हुने व्यवस्था छ ।

एमनेस्टी इन्टरनेसनलको २०१३ को रिपोर्ट अनुसार आठ देशमा बालबालिका विरुद्धका अपराधीहरूलाई मृत्युदण्डको सजाय दिने कानुनी प्रावधान छ । चीन, नाइजेरिया, कंगो, पाकिस्तान, इरान, साउदी अरब, यमन र सुडानले बालबालिकाविरुद्धका अपराधीलाई मृत्युदण्ड दिने गरिएको छ । तर नेपालमा त्यो ब्यबस्था छैन । पछिल्लो समय बढदो बलात्कारका घटनालाई मध्यनजर गरी बलात्कारीलाई फाँसीको सजाय माग गर्न थालिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित