नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मोरङ / मोरङको विराटचोक स्थित जेसीज भवनमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन नगरस्तरीय समिती सुन्दरहरैंचाको आयोजनामा भएको कार्यक्रममा स्थानिय १७ वटा विधालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा माउण्ट मकालु गछिया प्रथम,वालप्रतिभा खोर्साने दोस्रो , ज्ञान ज्योति गोठगाउँ तेस्रो तथा स्कलर्स होम पिएलओ मार्ग सान्त्वना भएका थिए । विजयी हुने विधालयलाई नगद पुरस्कारको साथमा ट्फी मेडल तथा प्रमाणपत्र वितरण गरिएको हुदाँ प्रथम तथा दोस्रो भएका विधालयले आगामी भाद्र २९ गतेको जिल्ला स्तरीय फाइनल प्रतियोगितामा सहभागि हुन पाउने प्याब्सन मोरङका उपाध्यक्ष अर्जुन वस्नेतले बताए ।

प्रतियोगितामा प्रमुख अतिथीको रुपमा प्रदेश सभा सदस्य राजकुमार ओझा रहेका थिए । उनले बिधार्थीभाई बहिनीहरुको प्रतिभा तथा क्षमताको विकासका लागि भएको यस्तो किसीमको प्रतियोगिता महत्वपूर्ण भएको बताए ।

प्याब्सन नगर अध्यक्ष मनोज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी दिपक केसी,कोसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाई, प्याब्सन केन्द्रीय सदस्य हेमन्त काकी, नगर शिक्षा अधिकृत सन्तोष वराल, सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्राई लगायतले बोलेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित