लामखुट्टेले टोकेर हैरान बनायो ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । लामखुट्टेको बिगबिगी गर्मी महिनामा हुन्छ । फोहोर, झाडी तथा जमेको ठाउँमा लामखुट्टे बढी बस्छन् । अझ तराईका जिल्लाहरुमा त लामखुट्टेको संक्रमणबाट डेंगु समेत लाग्ने गरेको छ ।लामखुट्टेको टोकाइबाट बच्च मानिसहरु धुप तथा लिक्विड प्रयोग गर्छन् । तर, विज्ञलाई मान्ने हो भने यी दुवैले मानवस्वास्थ्यमा असर गर्छन् । लामखुट्टेबाट बच्चे सही उपाय भनेको झुल प्रयोग नै हो । तर, आज हामी तपाईलाई लामखुट्टेबाट बच्ने केही घरेलु उपायहरुबारे जानकारी दिन गइरहेका छौं ।

तपाईले कपूर बालेर कोठा केही समय बन्द गर्नुभयो भने लामखुट्टे भाग्छ ।

तुलसीलाई लामखुट्टेको शत्रुको रुपमा लिइन्छ । तुलसीको गन्धले पनि लामखुट्टे भाग्छ । तपाईले घरमा तुलसीको बोट लगाएमा वा तुलसीको रस शरीरमा दलेमा लामखुट्टेले टोक्न सक्दैन ।पुदिनाको पातलाई पनि लामखुट्टे भगाउन प्रयोग गर्न सकिन्छ । यसको रस शरीरमा दलेमा लामखुट्टेले टोक्दैन ।लसुनको गन्धबाट पनि लामखुट्टेलाई भगाउन सकिन्छ । यसको रस शरीरमा दलेर सुतेमा लामखुट्टेले तपाईलाई छुँदैन ।नीमको तेलमा नरिवल मिसाएर शरीरमा दलेमा पनि लामखुट्टेले टोक्दैन ।-everydaykhabar

प्रतिक्रिया

सम्बन्धित