युरिक एसिड भएका मानिसहरुले खानुपर्ने खानेकुराहरु

शरीरमा प्रोटिनको मात्रा बडी भयो भने मानिसलाई युरिक एसिडको समस्याले सताउने गर्छ । यस समस्याले सताउँदा जोर्नीहरूमा घोच्ने र दुख्ने जस्ता समस्या हुने गर्छ । यस समयमा खानपानमा लापरवाही गर्यो भने झन् बडी समस्या आउने गर्छ । हामीले प्रोटिन बडी पाइने खानेकुराहृय खान हुदैन । प्रोटिनले हाम्रो शरीरमा युरिक एसिड बनाउन मद्धत गर्ने भएकाले यस्ता खाना देखि जतिसक्दो टाढा रहनु पर्छ ।

युरिक एसिड भएको समयमा खानुपर्ने खानेकुराहरु यस प्रकार छन् :

१) पानी पिउनु : बिहान उठने बित्तिक्कै पानी पिउनु । रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २र२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।

२) चेरी : प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुन बाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यूरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४÷४ घण्टामा ३०र४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पुर्याउँछ ।

३) स्याउ : दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्र«लाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।

४) अमिला फलफूल : अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।

५) फाइवर्स फूड : चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ६.ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्याउँछ ।

७) केरा, ब्रोकाउली , काँक्रो गाजर : जस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।

८)आलसको तेल : आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।

९.ग्रीन टी – ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित