कसरी हुन्छ राती सुतेकै ठाउँमा मृत्यु ?

सर्ने रोगमध्ये अग्रपंक्तिमा पर्ने मुटु रोगले जुनसुकै उमेरका व्यक्तिको ज्यान जाने क्रम वढेको छ। पछिल्लो समय राती सुतेको अबस्थामा ज्यान जानुमा मायोकार्डियल इन्फ्राक्सन मुख्य भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा.मनबहादुर केसीका अनुसार मायोकार्डियलका कारण सुतिरहेको बेला मृत्यु हुन सक्ने जोखिम वढी देखिएको छ।

उनी भन्छन्, ‘मुटुमा रगत आपुर्ती गर्ने नलीमा ब्लकेज हुँदा मायोकार्डियल इन्फ्राक्सन भई मृत्यु हुने गर्छ।’ माओकार्डियल हुँदा मुटुको मांसपेशी (मशल्स)मा क्षति पुग्छ। रगत आपुर्ती बन्द हुन पुग्छ। डा. केसीका अनुसार अचानक मृत्यु हुनुमा मायोकार्डियल इन्फ्राक्सनसहितका कारणले काम गरेको हुन्छ। मुटुको चालमा गडबडी, मुख्य धमनी फुट्ने समस्या, च्यानलोप्याथी, रगतको थेग्लो जम्दा, मस्तिस्कघात लगायतका कारणले पनि मान्छेको राती सुतेकै बेला मृत्यु हुने डाक्टरहरुले बताएका छन्।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित