पत्याउनुहुन्छ यी हुन २०८ बर्षका विश्वकै पाका विवाहित जाेडी

गिनिज वल्र्ड रिकर्डले हालै मात्र एक जापानी जोडीलाई विश्वकै बढी उमेरको जिवित विवाहित जोडी भएको घोषणा गरेको छ । यो सँगै उनीहरुको विश्वस्तरिय प्रेम कहानी विश्व रिकर्डमा बदलिएको छ । १०८ वर्षका मासाओ मात्सुमोतो र उनकी १०० वर्षिय दुलही मियाको सोनोडाले १९३७ को अक्टोबर २० मा अर्थात आज भन्दा ८१ वर्ष अगाडि लगन गाठो बाधेका थिए ।

जुलाई २५ सम्ममा उनीहरुको संयुक्त उमेर २०८ वर्ष २५९ दिन पुगेको थियो । यो जोडिको पाँचजना छोरीहरु रहेका छन् । उनीहरुको उमेर ७७ देखि ६६ वर्षसम्मको छ । उनीहरुको १३ नाति नातिना रहेका छन् । उनीहरुको २५ औं पनातीको यसै महिना जन्म हुने अपेक्षा गरिएको छ ।

हाल उनीहरु विश्वकै पाका उमेरको जोडी भएपनि उनीहरुलाई यो उपाधी लिनका लागि केही समय बाँकीनै रहेको छ । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित