शुक्रबारदेखि पूर्वकाे दमक र इटहरीमा क्याम्ब्रिजको अस्ट्रेलियन एजुकेसन फेयर हुने

बिर्तामोड । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले बिर्तामोड, दमक र इटहरीमा ‘क्याम्ब्रिज अस्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । बुधबार बिर्तामोडमा पत्रकार भेटघाट गरी शैक्षिक मेला बारे क्याम्ब्रिजका संस्थापक शिशिर सिम्खडाले जानकारी गराएका हुन् ।

विगत ८ वर्षदेखि शैक्षिक परामर्श दिँदै आएको क्याम्ब्रिजले अस्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीकोरुचिअनुसारको विषय छनोटमा सहजता प्रदान गर्न शैक्षिक मेलाको आयोजना गरिएको उनले बताए । शैक्षिक मेला शुक्रबार बिर्तामोडको होटल हिकोला हेरिटेज, शनिबार दमकको गोर्खा डिपार्टमेन्टल र आइतबार सुनसरीको इटहरीस्थित गोर्खा डिपार्टमेन्टल स्टोरमा हुने आयोजना हुनेछ ।

‘कक्षा १२ पछिको शिक्षाले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले यसबेला विद्यार्थी र अभिभावक कुन विषय रोज्ने समस्यामा रहेका हुन्छन्’, सञ्चालक सिम्खडाले भने, ‘यसबेला विश्वको शिक्षा कता जाँदैछ र भोलिको भविष्य आजको कुन विषयसँग जोडिएको छ भन्ने बारेमा छलफल र परामर्शमा मेला केन्द्रित रहनेछ ।’

शैक्षिक मेलामा अस्ट्रेलियाका १५ वटाभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका आधिकारिक प्रतिनिधिहरुको उपस्थिति रहने क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले बताए । ‘यो मेलाको मूल उद्देश्य भनेकै अभिभावक र विद्यार्थीलाई अस्ट्रेलिया बारे सम्पूर्ण जानकारी दिनका लागि हो’, उनले भने, ‘अस्ट्रेलिया अध्ययनका लागि योजना गरिरहनु भएका अभिभावक र विद्यार्थीलाई मेला फलदायी रहनेमा हामी विश्वस्त छौँ ।’ मेलामा विश्वकै शैक्षिक आकर्षणको केन्द्र बनिरहेको अस्ट्रेलियामा किन अध्ययन गर्न जाने, त्यहाँ रहेका अवसर र चुनौती के कस्ता रहेका छन्, जानका लागि के कस्ता विधि–प्रक्रिया जान्न आवश्यक छ भन्ने यावत विषयमा परामर्श दिइने दमक शाखाका प्रमुख निशान सिम्खडाले बताए ।

मेलामा क्वीन्स फोर्ड, भाइब, ब्रिजटन कलेज, रान्सफोर्ड, फेडरेसन युनिभर्सिटी, न्यू एरा इन्स्टिच्युट, सिड्नी मेट्रो कलेज, स्काइलाइन इन्टरनेसनल कलेज, लिड कलेज लगायत कलेजका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । विगतमा भारतको बैङ्लोर, सिमला लगायतका विभिन्न कलेजसँग प्राविधिक विषयमा परामर्श दिँदै आएकोमा २ वर्ष यता क्याम्ब्रिजले अस्ट्रेलिया, न्युजिल्यान्ड, युएसए लगायत देशका शैक्षिक संस्थाका बारेमा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित