सामुदायिक विद्यालय कर्मचारीहरुको आन्दोलन घाेषणा : भाद्र ३ र ४ गते देशभरीका सामुदायिक बिधालय बन्द

पथरी / सामुदायिक बिधालयमा अस्थाइ नियुक्ती लिएर कार्यरत कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषद आफ्ना विभिन्न मागहरु सहित लामो समय देखि आन्दोलनरत छ। आन्दोलन कै क्रममा रहेको विद्यालय कर्मचारी परिषद नगर कार्यसमिति पथरीशनिश्चरेले आज अन्तरक्रियात्मक कार्यक्रम सँगै आफ्ना आन्दोलनका कार्यक्रमबारे जानकारी गराएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि साउन ३१ गते केन्द्रिय समितिले पेश गरेको ज्ञापन– पत्रमा स्थानिय स्तरका मागहरू समावेश गरि स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नगर परिषदका नगर अध्यक्ष सुवास गौतमले बताउनु भयो। त्यसैगरी आफ्ना मागहरु प्रती सरकार सकारात्मक नभए भाद्र ३ र ४ गते देशभरीका सामुदायिक बिधालय बन्द गर्ने र भाद्र ७ गते राजधानी केन्द्रीत शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

नेपाल विद्यालय कर्मचारी परिषदले कार्यलय सहयोगीलाइ नेपाल सरकारका श्रेणी विहिन कर्मचारीले पाउने सेवा सुबिधाको व्यवस्था , कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षक र लेखापाललाई निम्न माध्यमिक तहका शिक्षक सरहको सेवा सुबिधाको व्यवस्था गरिनु पर्ने लगायतका मागहरु अघि सारेको छ।त्यसै गरि शिक्षा ऐनको नवौँ संसोधन कर्मचारी हित बिपरित रहेको भन्दै शिक्षा ऐनको संसोधनको माग पनि परिषदले गरेको छ ।

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका भित्र रहेका २८ सामुदायिक बिधालयका ३८ जना कर्मचारीहरु कर्मचारी परिषदको नगर कार्यसमितिमा आवद्ध छन। आज पथरीशनिश्चरे नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोत्तम घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केही जनप्रतिनिधिलाई निमन्त्रणा गरिएता पनि उपस्तिथि नरहेको कारण हतोत्साहित बनेको गुनासो परिषदका नगर अध्यक्ष गौतमले गरेका छन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित