मानिसलाई हाई किन आउछ ? यस्तो छ कारण ।

हाई काढ्नु स्पाईनल कर्ड र स्नुयुकेन्द्रहरुले नियन्त्रण गर्ने थुपै्र कार्यहरमध्ये एक हो । बैज्ञानिकहरुले मानिसमा श्वास प्रश्वासको तालमेल नमिलेर हाई आउने गरेको बताउछन् । उनीहरुका अनुसार जब हाम्रो शरिर भित्रको रगतमा कार्बनडाईअक्साईड र अक्सिजनको मात्रा मिल्दैन तब हामीलाई हाई आउछ भन्ने रहेको छ । प्राय ः अल्छी लाग्दा वा थाकेको बेला हामीलाई हाई आउछ । हाम्रो रगतमा कार्बनडाईअक्साईडको मात्रा बढी हँुदा र अक्सिजनको प्रवाह आवश्यक पर्दा हाई काढ्न मन लाग्छ । तर हाई काढ्दा अक्सिजनको मात्रा बढी पनि हुने हैन नत रगतमा कार्वनडाईअक्साईडको मात्रा कम नै हुन्छ । दिमागमा हाम्रो ईमोसन, मुड, भोक र अन्य गतिबिधि लाई असर गर्ने न्युरोट्रान्समिटर नामक रसायनका कारण हाई आउछ ।
हामीले हाई काढ्दा अक्सिजन धेरै मात्राम फोक्सोमा पुग्छ र यसले हाम्रो मुटुको धड्कन लाई पनि बढाई दिन्छ । यसले गदाहाम्रो मष्तिस्कको स्नायुहरुमा अक्सिजनको मात्रा बढ्छ र हामिलाई केहि मात्रामा जागृत हुन मद्दत मिल्छ । तर निकै धेरै अनुसन्धानहरुका बाबजुद बैज्ञानिकहरुले हाई काढ्ने प्रक्रियाका थुपै प्रश्नहरुको जवाफ दिन सकेका छैनन् । त्यसैले यदि तपाई बोलिरहनु भएको समयमा कुनै व्यक्तिले हाई काढ्यो भने तपाईको बोलिको कारणले उसलाई अल्छी लागेर हाई काढेको नबुझ्नुहोस । उसको हाई काढ्नुको मतलव उसको रगतमा अक्सिजन र कार्वनडाईअक्साईडको मात्रामा भएको अनियमितता मात्र हो । सोधकर्ताका अनुरार मानिसले जीवनभरीमा २.४ लाखदेखि २.५ लाख सम्म र दिनमा ५–१० पटक सम्म हाई काढ्छ । उनीहरुका अनुसार हाई करिब ६ सेकेण्ड सम्मको लामो हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित