प्राकृतिकरूपमा सुन्दर बन्ने उपायहरू

जो कोही पनि सुन्दर देखिन चाहन्छन् । प्राकृतिकरूपमा सुन्दर रहनु अति राम्रो कुरा हो । तर सबैलाई प्रकृतिले बराबर सुन्दर बनाएको नहुने भएकाले हरहमेसा मानिस कसरी सुन्दर रहने भन्ने चिन्तामा परिरहेका हुन्छन् । स्वास्थ्य र सुन्दर रहन केही त्यस्ता सूत्र छन् । यी सूत्रहरूलाई पालना गरेमा सबैलाई प्राकृतिक एवम् भौतिकरूपमा सुन्दर रहन मद्दत गर्छ ।

पर्याप्त तरल पदार्थ सेवन स्वस्थ र सुन्दर रहन शरीरलाई यथेष्ट पानीको आवश्यकता पर्छ । दैनिक तीन लिटरभन्दा बढी पानी तथा झोल पदार्थ सेवन गर्नुपर्छ । पर्याप्त पानी पिउनाले छालामा ताजापन र निखारता ल्याउँछ । त्यस्तै स्नान गर्नाले पनि शरीर स्वस्थ र स्पूर्त रहन मद्दत पुग्छ ।

व्यायाम एवम् योग शरीरलाई चुस्त र तन्दुरुस्त राख्नका लागि शारीरिक व्यायामको आवश्यकता पर्दछ । व्यायाम त्यस्तो नभई नहुने क्रियाकलाप हो, जसद्वारा दिनभरि शरीरलाई ऊर्जा मिल्ने गर्छ । यसले हाम्रो शरीरमा एक किसिमको शक्ति ल्याउने गर्छ । त्यसैले दैनिकरूपमा ३०–४० मिनेट व्यायाम गर्दा छालालाई स्वस्थ र चुस्तता प्रदान गर्छ ।

सकारात्मक विचार हामी प्रायः नकारात्मक कुरामा निकै चासो दिने गर्छौं, टिकाटिप्पणी गर्छौं । तर नकारात्मक कुरातिर नलागी अन्य कुरालाई सकारात्मकरुपमा लिएर अघि बढेमा हामी तनावरहित हुन्छौं । सकारात्मक विचारले स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ । त्यसैले सधँै सकारात्मक सोचाइ राख्ने कोशिश गरिरहनुपर्छ ।

सन्तुलित भोजन सौन्दर्यतामा चुस्तता ल्याउन सन्तुलित भोजन चाहिन्छ । भोजन सन्तुलित राख्ने मानिस सदैव जवान रहन्छ । कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनयुक्त खाना सन्तुलित गरी खाएमा शरीरका प्रत्येक अंगले ठीकसँग काम गर्न सक्ने हुन्छ । यसले गर्दा हाम्रो छालामा रौनकता छाउने गर्छ र सुन्दर रहन थप मद्दत पुग्ने हुन्छ ।

पर्याप्त निद्रा स्वस्थ एवम् सुन्दर रहनका लागि हामीले कम्तीमा दैनिक ७ घन्टा निदाउनु आवश्यक हुन्छ । जब हामी राम्रोसँग निदाउँछौं, दिनभरि चलेको दिमागमा एक किसिमको रसायन तत्त्व उत्पादन हुन्छ । उक्त रसायनले थाकेको दिमागलाई रि–पे्रस बनाइदिन्छ र पूर्ण काम गर्न सक्षम बनाइदिन्छ । शरीरलाई आवश्यक पर्ने आरामको अभावमा मानिसमा तनाव सिर्जना हुन्छ । शारीरिक मात्र होइन, मानसिक समस्या पनि सिर्जना हुने गर्छ । त्यसले शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन निद्राको आवश्यकता पर्छ ।

प्रतिक्रिया

सम्बन्धित