विद्यार्थीको रोजाईमा नमूना कलेज

पूर्वकै शैक्षिक ‘हब’ को रुपमा इटहरी चिनिएको छ । यही इटहरीमा छ बर्षदेखि सञ्चालनमा रहेको इटहरी नमूना कलेज विद्यार्थीको रोजाइको केन्द्र बन्न पुगेको छ । पूर्वी तराईदेखि पहाडी जिल्लाका ग्रामीण स्थानबाट नमूना कलेजमा विद्यार्थी पढ्न आउने गरेका छन् । ‘विद्यार्थीको बढी मात्रमा व्यक्तिगत चाहनालाई प्राथमिकता दिइन्छ,’ कलेजका अध्यक्ष केशव खड्काले भने, ‘विद्यार्थीलाई सैद्दान्तिक ज्ञानस“गै प्रयोगात्मक ज्ञानलाई उत्तिकै महत्व दिइन्छ ।’ विद्यार्थीको व्यक्तिगत चाहनालाई प्राथमिकता दि“दा अभिभावक समेत सन्तुष्ट रहेका छन् ।

खासगरी, अधिकतर कलेजले सैद्दान्तिक ज्ञान दिने गरेकोमा नमूना कलेजले भने प्रयोगात्मकलाई प्राथमिकता राखेको स्नातक तहको बिएसडब्लुमा अध्ययनरत निराजन पाण्डेले भने । ‘पछिल्लो समय विद्यार्थीका लागि उपयोगी कार्यक्रम पनि सञ्चालनमा रहेका छन,’ उनले भने, ‘अचेलको समयमा पढाई पुरा गर्ने वितिकै हरेकको चाहना रोजगारीको आशा हुन्छ । त्यही चाहना पुरा गर्न पढेलगतै प्रयोगमा आउने विषय नै रोजाईमा पर्छन् ।’

सामाजिक छवि बनाएका प्राध्यापकद्दारा अध्यापन गराइने हुँदा पनि नमूना कलेज विद्यार्थीले प्राप्त गर्ने नतिजामा उत्कृष्ट छ । कुनै पनि व्यक्ति वा संस्थाको प्रगति उसले प्राप्त गर्ने रिजल्टमा भर पर्छ । ‘नमूना कलेजमा विद्यार्थीले प्राप्त गरेको रिजल्टलाई आधार मान्दा विश्वविद्यालयको दोस्रो पोजिसनमा पर्छ, यो नै हाम्रो सफलता हो,’ कलेजका सहायक प्रिन्सिपल मुक्तिराज सुवेदीले दावी गरे ।

नमूना कलेजमा स्नातक तहको मानविकी संकायतर्फ बिएस डब्लु र आमसञ्चार तथा पत्रकारिता बिषयकै कारण विद्यार्थीको चाप बढेको कलेजका प्रिन्सिपल धर्मराज न्यौपानेले बताए । पछिल्लो समय बिएस डब्लु र आमसञ्चार तथा पत्रकारिता पढेकाका अधिकांस विद्यार्थी रोजगारीमा आबद्द भएकाले गर्दा पनि विद्यार्थीको चाप बढेको हो ।

यहा“ व्यवस्थापन संकायतर्फ बिबिएस र बिबिएतर्फ पनि विद्यार्थीको चाप उत्तिकै छ । ‘कलेज खुल्दा स्नातक तह चल्छ कि चल्दैन भन्ने चिन्ता थियो, अहिले विद्यार्थीको चाप बढ्दा कसरी राम्रो व्यवस्थापना गर्नेमा ध्यान केन्द्रित छ,’ कलेजका एकेडेमीक डाइरेक्टर चिरञ्जिवी तिमलसेनाले भने ।

कक्षा नर्सरीदेखि स्नातकोत्तर तहसम्म पढाई हुने यस शैक्षिक संस्थामा स्नातकोत्तरतर्फ एमबिए तथा विविए कार्यक्रम भने लिङकन विश्वविद्यालयको सम्वन्धनमा सञ्चालनमा रहेको एकेडेमीक डाइरेक्टर तिमलसेनाले बताए । ‘लिङ्कन विश्वविद्यालय विश्वव्यापी मान्यता प्राप्त भएको र सहजै क्रेडिट ट्रान्सफर गर्न सजिलो भएकाले पनि यस कार्यक्रममा विद्यार्थीको आकर्षण बढेको पाइयो,’ उनले भने, ‘अहिले हाम्र्रै कलेजमा अध्ययरनरत विद्यार्थी कोही पनि खाली छैनन । सवै काममा व्यस्त छन ।’ उनका अनुसार, बिबिए र एमबिए पढ्नेका लागि बैक, वित्तिय संस्था र उद्योगमा सहजै कामको अवसर रहेकाे बताए ।

नमूना कलेजले नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेर अघि बढेको छ। यसै क्रममा यो बर्षदेखि स्नातक तहमा होटल म्यानेजमेन्ट र कम्प्यूटर एपलिकेसन (बिसिए) कार्यक्रम त्रिभुवन विश्वविद्यालयको सम्वन्धनमा थप्ने योजना रहेको कलेजले जनायो । यसका लागि सम्पूर्ण प्रक्रिया कलेजले पूरा गरेको र विश्वविद्यालयको पनि कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया अन्तिम चरणमा छ । यदि त्रिभुवन विश्वविद्यालयले सम्वन्धन नदिएमा लिङ्कन कलेजकै सम्वन्धनमा होटल म्यानेजमेन्ट र बिआइटी कार्यक्रम सञ्चालन गरिने योजना रहेकाे कलेजले जनाएकाे छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित