सडेको मासु प्रयोगगरी एक सातामा ४ लाख रुपैयाँ बराबरको ससेज निर्माण

काठमाडौं । उपत्यकामा अधिकांश मासुपसलहरु दर्ता नभइकन सञ्चालन भइरहेका छन् । त्यतिमात्र नभएर त्यस्ता पसलहरुले सडेको मासु प्रयोग गरी ससेज बनाउने गरेको पाइएको छ । काठमाडौमा बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमनमा कुहिएको मासुबाट ससेज बनाइएको पाइएको हो ।

काठमाडौंको बसुन्धरामा संचालनमा रहेको डि आर मिट मार्ट तथा कोल्ड स्टोरले सडेगलेको मासुबाट ससेज उत्पादन गर्ने गरेको पाईएको छ । विहीवार वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको अनुगमनमा यस्तो भेटिएको हो । डि आर मिट मार्टमा सडेको कुखुराको मासुबाट ससेज तयारी गर्दै गर्दाको अवस्था अनुगमन टोली पुगेको थियो । टोलीले पसल सञ्चालनको मापदण्ड खोज्दा खाद्य अनुग्य पत्र प्राप्त नगरेको र हप्तौं देखि उपभोग नभएको सडेको कुखुराको मासुबाट ससेज तयारी गरिरहेको पाइएको हो ।

अनुगमन क्रममा दुई सय ४८ केजी अर्थात ७६ हजार ८ सय ८० रुपैयाँ बराबरको मासु ससेज तयारी हुँदै थियो । त्यसमा अधिकांस मासु सडेगलेको पाइएको छ । अनुगमन टोलीले स्टोरमा लेबल समेत मापदण्ड अनुरुप नभएको र अनुग्य पत्र प्राप्त नगरेको भेटिएपछि ससेज स्टोर बन्द गरेको छ ।

विभागले निरन्तर अनुगमन गरीरहेको भएपनि यस्ता गम्भीर विषयमा कमै मात्र अनुगमन भएको छ । स्वास्थ्य, खाद्य लगायत हरेक क्षेत्रमा समस्या न्यूनीकरण नदेखिएपछि ऐनमा नै कडाइका साथ व्यवस्था गरिनुपर्ने विभागका अधिकारीहरुको भनाई छ । न्यूज२४नेपालबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित