मेडिकल टुरिजम एशिया एक्स्पो सम्पन्न

काठमाण्डौं / नेपालमा पहिलो पटक आयोजना गरिएको मेडिकल टुरिजम एशिया एक्स्पो भवत्यका साथ सम्पन्न भएको छ । गत साउन २१ र २२ गतेका दिन उक्त एक्स्पो काठमाण्डौको बबरमहलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई एक्स्प्mलोर प्रोजक्टिभ चेम्बर अफ कमर्शले नेपालमा पहिलो पटक आयोजना गरेको थियो । कार्यक्रममा नेपाल, भारत र थाइल्याण्ड लगायत देशका अस्पताल तथा चिकित्सकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न अस्पतालका फर्मास्युटिकल्स र नेपाल यएर लाइन्सका स्टलहरु राखिएका थिए । विभिन्न अस्पतालहरु एउटै छातामुनी भएकोले पनि कुन अस्पतालमा कस्ता सेवाहरु छन् भन्ने कुराको जानकारी गराउन सजिलो भएको कार्यक्रम निर्देशक अर्जुन चन्दले जानकारी गराउन दिए । इपीसीसीका अध्यक्ष कृष्ण पाण्डेले स्वागत मन्तव्य राख्दै उक्त कार्यक्रममा विभिन्न अस्पतालका सेवाहरु, उपचार पद्धती, अस्पतालको प्रविधि विकास र चिकित्सकको बारेमा पनि जानकारी लिन सकिएकाले कार्यक्रम अत्यन्तै सफल भएको जानकारी दिएका छन् ।

दुई दिन सम्म भएको उक्त कार्यक्रममा नेपाल मेडिसिटी, ग्राण्डी, निदान, हिमाल डेन्टल, ओम अस्पताल र काठमाण्डौ क्यान्सर मानव अंग प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कायक्रलाई सम्बोधन गर्दै नेपाल मेडिसिटीका निर्देशक प्रा.डा. सुनिल शर्माले भन्नु भयो “अब उपचारको लागि कुनै पनि नेपाली विदेशिनु नपर्ने बताउनु भयो ” । नेपालीलाई आवश्यक पर्ने चिकित्सक र अस्पतालहरु नेपालमा नै प्रशस्त रहेको र ति सबै सर्वोत्कृष्ट रहेको पनि बताउनु भयो डाक्टर शर्माले विरामीहरु उपचारका लागि अन्य देश जाँदा आर्थिक रुपमा समस्यामा पर्ने र उपचार पश्चात विदेशी चिकित्सकसंग परामर्श हुन नसक्दा विरामीको स्वास्थ्य अवस्था नै ठिक नभएको र यस्ता समस्या आउन नदिन सरकारले पनि जिम्मेवार भुमिका निर्वाह गर्नु पर्ने आवश्यक रहेको प्रष्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न अस्पतालका सञ्चालकहरु के कस्ता छन् त ? भएका सेवा तथा सुविधालाई कसरी एक अर्कामा साटा साट गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम निर्देशक अर्जुण चन्दले अब नेपालीले उपचारको लागि बाहिरी मुलुकमा गएर भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको र नेपाल पनि मेडिकल क्षेत्रको एउटा नविनतम युगमा प्रवेश गरिसकेको बताएका थिए । अब नेपालले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई विश्व सामु चिनाउनु नै मेडिकल टुरिजमको प्रवेश विन्दु हो । विदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार गर्ने सस्तो र गुणस्तारका हिसाबले पनि उत्कृष्ट पर्दछ । यसका लागि पनि सरकारले पनि विशेष भुमिका निर्वाह गर्नु आवश्यक रहेको छ ।

सम्मेलन समापन समारोहमा बोल्दै नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले नेपाल आँखा, दाँत, मुटु, हाडर्जोनी तथा मृगौला प्रत्यारोपण जस्ता अत्यन्तै सम्बेदनशिल उपचारमा धेरै नै अगाडि रहेको भन्दै अब विरामीले चाहेका हरेक उपचार नेपालमा नै गर्न सकिने बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित