तातोले जिब्रो पाेल्यो ? तत्कालै यसरी ठिक गर्न सकिन्छ

धेरै तातो खाए वा पिएमा जिब्रो पिल्सिन्छ(जल्छ) । तातोले पिल्सिएको जिब्रो निको हुन केही दिन लाग्छ, त्यसबेलासम्म तपाईले जे खाए पनि स्वाद थाहा पाउनुहुन्न । यदि तपाई पनि यस्तो समस्यामा परिरहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् ।

– जिब्रो जलेमा जिब्रोलाई बाहिर राखेर मुखबाट श्वास लिनुहोस् । यसो गर्दा भित्र चिसो हावा जान्छ र तपाईलाई आराम मिल्छ ।

– बरफको टुक्रालाई तत्काल मुखमा राख्नाले जलेको जिब्रोबाट राहत मिल्छ । यसबाहेक तपाईले तातो पानीले ३० सेकेन्डसम्म कुल्ला गर्न पनि सक्नुहुन्छ ।

– दुध तथा दही खाएमा पनि आराम मिल्छ ।यदि तपाईले फ्रिजमा दही राख्नुभएको छ भने, त्यसलाई तातोले पिल्सिएको जिब्रोमा राख्नुहोस् ।

– जलेको जिब्रोलाई ठिक गर्न चिनी एक असरदार उपाय हो । यसका लागि जलेको वा पिल्सिएको जिबोमा चिनी राख्नुहोस् । यदि मिल्छ भने चिनीको ठाउँमा मह पनि राख्न सक्नुहुन्छ ।

– यस्तै, औषधी पसलमा पाइने भिटामिन ईको क्याप्सुललाई खोलेर त्यसको तेललाई जलेको जिब्रोमा राख्न सकिन्छ ।

– तत्काल राहतका लागि तपाई ध्युकुमारीको जेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यद्यपी, तपाईलाई तितो लाग्न सक्छ, तर यसले जलेको ठाउँलाई चाँडै ठिक गरिदिन्छ ।

– यसबाहेक तपाई जिब्रो जलेमा टमाटर, साइट्रिक फल, सिरका तथा बढी नुनिलो पदार्थ खानबाट बच्नुहोस् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित