५४ बर्षकी महिला कक्षा ४ मा पढ्न अाएपछी शिक्षकहरु नै परे चकित (भिडियाे सहित)

सुन्दा अचम्म लाग्न सक्छ, पोखराकी ५४ बर्षकी गोमा पराजुली कक्षा ४ मा पढ्दैछिन । एउटा सरकारी बिद्यालयमा आफ्ना नाती–नातिनाको उमेरका केटाकेटीहरु संगै बसेर उनी दैनिक रुपमा स्कुल जाने गर्दछिन । ५० बर्ष काटेपछी धेरै मानिसहरु धर्मकर्म तिर लाग्छन । मठ मन्दीर तिरै दैनिकी बित्ने गर्छ । तर गोमा पराजुलीको दैनिकी भने बिद्यालयमै बित्ने गरेको छ । शुरुमा उनी स्कुलमा भर्ना हुन जादाँ त्यहाँका शिक्षकहरु पनि अचम्ममा परे ।

आफ्नो उमेर भन्दा झण्डै दोब्बर उमेरकी गोमा पराजुलीलाई पढाउन शुरुमा शिक्षकहरुलाई पनि अप्ठ्यारो लाग्यो । पछि बिस्तारै सहज हुदै गयो । उनै गोमा पराजुलीको दैनिकी, स्कुलको रमाइलो, उनका शिक्षकहरु संगको भनाई समेतलाई समेटेर निकै रोचक भिडियो सार्वजनिक गरीएको छ । हेर्नुहोस यो रोचक भिडियो :

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित