जानी राख्नुस पुरुष र महिला बिचको फरक

मानव समाजमा महिला र पुरुष वरावर भनेर भन्ने गरिन्छ । तर शारिरीक, बौद्धिक र मानसिक रुपमा तुलना गर्ने हो भने महिला र पुुरुषवीच आकास जमिनको फरक पाइन्छ । यसै सन्दर्भमा महिला र पुुरुषवीच के के भिन्नता पाइन्छ त भन्ने एक तथ्यगत अनुसन्धान र प्रकृतिप्रदत नै भनौ ती भिन्नताहरु जानी राख्नुस ।

भिन्नताहरु …

– जब बालिका ६ वर्ष पुग्छिन् तब उनको दिमागको तौल घट्दै जान्छ । यसको बौदिक स्तरसँग कुनै सम्बन्ध छैन ।
– महिलाले १५ सेकेन्डभन्दा बढी अंगालो हाल्ने पुरुषलाई विश्वास गर्छिन् । अंगालो हाल्दा शरिरमा अक्सिटोसिन हर्मोन उत्पादन हुने भएकाले विश्वासको भावना पैदा हुने गर्छ ।
– महिलाको शरिरमा औसत रुपमा ८ देखि १० प्रतिशत ‘फ्याटी टिश्यु’ हुन्छ । महिलाको स्तनमा अलिकति पनि मांशपेशी हुँदैन ।
– महिलाहरु एकैपटक थुप्रै काम गर्न सक्षम हुन्छन् ।
– निदाउने प्रक्रियामा महिलाको दिमागको क्रियाकलाप उल्लेख्य मात्रामा घट्ने भएकाले उनीहरुको निन्द्रा निकै सेन्सेटिभ हुन्छ ।
– महिलाहरुले कुराकानी गरिरहँदा दिमागका २ मुख्य भाग सक्रिय हुन्छन् । त्यसकारण महिलाले १ दिनमा ८ हजार शब्द बोल्ने गर्छन् र १० हजार गैर मौखिक संकेत प्राप्त गर्न सक्छन् ।
– पुरुषको तुलनामा महिलाको नेभिगेसन (जहाज संचालन गर्ने कला) खराब हुन्छ । यो कार्यमा पुरुषको भन्दा महिलाको दिमागका विभिन्न भागले अत्यधिक काम गर्नुपर्छ ।
– निरन्तरको चिन्ताले महिलामा डिमेन्सिया र अल्जाइमर रोगको सम्भावना बढी हुन्छ ।
– औसतमा पुरुषको तुलनामा महिला बढी बाँच्ने गर्छन् किनभने उनीहरुको शरिरले रोगसँग राम्रो तरिकाले लड्न सक्छ ।
– महिलाहरु पुरुषको तुलनामा रङबीचको भिन्नता छुट्याउन सक्छन् किनभने महिलामा अतिरिक्त एक्स–क्रोमोजोम हुन्छ ।
– महिलाहरुलाई धेरै पीडा हुन्छ । यद्यपी, एस्ट्रोजनको अत्यधिक मात्रा हुने भएकाले उनीहरु पुरुषको तुलनामा पीडा सहन सक्छन्।
– पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति बढी विकसित हुन्छ ।
– महिलाहरुको परिधीय दृष्टि राम्रो हुन्छ भने पुरुषहरुको सिधा दृष्टि ।
– महिलाको कपाल पुरुषको तुलनामा दोब्बर पातलो हुन्छ ।
– महिलाको मांसपेशी र लिगामेन्टमा धेरै इल्यास्टिन हुने भएकाले उनीहरुको शरिर लचिलो हुन्छ ।
– महिलाको घाँटी पुरुषको तुलनामा बढी लचिलो हुन्छ । यदि महिलालाई बोलाइयो भने उनले आफ्नो टाउको मात्र घुमाउँछिन् तर पुरुषलाई बोलाएको खण्डमा उनीहरुको पूरा शरिर घुम्ने गर्छ ।
– महिलाको छाला पुरुषको तुलनामा अत्यधिक संवेदनशील हुन्छ ।
– महिलाको शरिरमा एक्स क्रोमोजोमको मात्रा दोब्बर हुने भएकाले उनलाई दीर्घ रोग लाग्ने सम्भावना कम हुन्छ ।
– महिलालाई तनावका बेला टाउको दुख्ने, पेटको गडबडी र रुन मन लाग्ने हुन्छ ।
– औसतमा महिला वर्षको ३० देखि ६० पटक रुन्छन् भने पुरुष वर्षमा ६ देखि १७ पटक ।
– पुरुषले एकपटक आँखा झिम्काउँदा महिलाले २ पटक झिम्क्याउँछन् । शरिरमा एस्ट्रोजेनको अत्यधिक मात्रा हुने भएकाले यस्तो हुन्छ ।
– महिलालाई पुराना कुराहरु याद भइरहन्छ । उनीहरु केही कुरा सम्झिरहन सक्छन् ।
– महिलालाई स्वादको फरक बढी थाहा हुन्छ । पुरुषको तुलनामा महिलाको जिब्रोको टेस्ट रिसेप्टर्स धेरै हुन्छ ।
– महिलाको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।
– पुरुषको तुलनामा महिलाको धड्कनको गती धेरै हुन्छ । महिलाको मुटुको तौल कम हुने भएकाले यस्तो हुन्छ ।
– महिलाहरु अन्य मानिसहरुसँग निकै बलियो र नजिकको सम्बन्ध स्थापित गर्न सक्षम हुन्छन् । शरिरमा हुने अक्सिटोसिनले गर्दा यस्तो हुने हो ।
– पुरुषको तुलनामा महिलाको स्ट्रेच मार्क धेरै हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित