डाक्टर विहीन धनकुटा जिल्ला अस्पताल

धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए ।

मेडिकल सुपरिटेण्डेन डा. फडिन्द्र बराल र डा. प्रिति यादवको सरुवा भएर गएका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी र सुमन जायसवालको करार अवधी समाप्त भएपछि जिल्ला अस्पताल डाक्टरविहीन बनेको हो। अस्पतलाको दरबन्दीमा डा. नीति प्रसाई र नीलम कुमारीलाई पठाइएको भनिए पनि अस्पतालमा हाजिर नभएको अस्पताल प्रशासन जनाएको छ । अस्पताल डाक्टरविहीन भएपछि धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुर उपचारका लागि आएका सर्वसाधरण सुनसरी र मोरङ जान बाध्य भएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित