को हुन धरानका चर्चित खजुरे ? (भिडियाे सहित)

धरान । खजुरे सुनसरीको धरान र आसपासका लागी नौलो नाम होईन । गायन,अभिनय लगायत चुटकिला वाजका रुपमा उनलाई धरानमा चिन्ने गरिन्छ । ५ बर्षअघि उनको देहवसान भईसकेको छ । तरपनि उनलाई धरानेहरुले अझै भुल्न सकेका छैनन् । अरुको दुःख देख्न नसक्ने र हक्की स्वभावका उनी लिम्बु भाषा लगायतका भाषामा समेत दख्खल राख्थे । हिन्दी चलचित्रको हुबहु नक्कल गर्न खप्पिस उनका चुटकिलाहरु अझैपनि उत्तिकै रोचक र चर्चित छन । उनको सम्झनामा हाल उनको हितैषी सुनिल रानामगर अर्थात हाईजिङ सुनिलले गित समेत गाँउदै आएका छन ।

उनलाई खराब आचारणका ब्यत्तिका रुपमा चिन्नेहरुको पनि कमी छैन । तरपनि उनलाई चिन्ने जान्नेहरु उनी अरुको दुख देख्न नसक्ने स्वभावका कारण उनी त्यस्ता मानिसहरुका लागी रौद्र रुप देखाउने गरेको बताउँछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित