आफ्नो मृत्यु हुदैछ भन्ने थाहा पाएका यी बालकले अन्तिम अवस्थामा यस्तो लेखे जस्ले संसार रुवायो

मृत्यु भन्दा भयानक हुन्छ, मृत्युको पूर्व जानकारी । आफ्नो मृत्युको पूर्व जानकारी पाएर त्यसलाई सजिलोसँग स्वीकार गर्न सक्नु सबैको बलबुताको कुरो पनि होइन ।तर धेरै परिपक्कले तय गर्न नसक्ने आफ्नो अवसानको पूर्व जानकारीपछिको यात्रा पाँच वर्षका एक बालकले सजिलोसँग अझ भनौँ अर्थपूर्ण तरिकाले पार गरेका छन् ।अमेरिकाका पाँच वर्षका बालक, जो क्यान्सरका कारण मृत्युको मुखमा पुगेका थिए, उनले मृत्युपछि लेखिने शोक सन्देश (ओबिचुरी) आफै लेखेका छन्, मृत्यु पूर्व नै । पाँच वर्षका ग्यारेट मिथायसको जुलाईको पहिलो हप्ता निधन भएको छ ।

मिथायसले लेखेको आफ्नै शोक सन्देश अमेरिकाको लोवामा रहेको उनको पारिवारिक फ्युनेरल होमको वेब साइटमा प्रकाशित गरिएको छ । मिथायसको जुलाई ६ मा निधन भएको हो ।
उनले आफ्नो शोक सन्देशमा आफ्नो फ्युनेरल (अन्तिम संस्कार) निराशाले भरिएको नहोस् भन्ने चाह व्यक्त गरेका छन् । उनले आफ्नो शोक सन्देशको अन्त्यमा ‘सी या लेटर सकस, अर्थात फेरि भेटौँला… लेखेका छन् ।

मिथायसको चाहना अनुसार गएको शनिबार उनको परिवारले ‘उनको जीवनको उत्सव’ मनाएको छ।मिथायसको दुर्लभ खालको क्यान्सरका कारण जुलाई ६ मा निधन भएको हो । ९ महिनासम्मको उपचारपछि उनको निधन भएको हो ।उपचारको त्यो ९ महिना नर्कजस्तै रहेको मिथायसका अभिभावकले उल्लेख गरेका छन् ।

जुनको मध्ये तिर उनका अभिभावक एमिली र रायले ग्यारेटको जीवनको समय धेरै नरहेको थाहा पाए । त्यसपछि के गर्न सकिन्छ भनेर उनीहरुले सोच्न थालेका थिए । ‘सामान्य शोक सन्देश पढ्दा बितेर गएको व्यक्तिका बारेमा त्यति जानकारी पाइँदैन अर्थात व्यक्तिको रुची र कामको स्पष्ट जानकारी हुँदैन’ एमिलीले भनिन्, ‘म ग्यारेटको व्यक्तित्वको जानकारी मानिसहरुले पाउन् भन्ने चाहन्थेँ । त्यसपछि हामीले उसको शोक सन्देश उसकै भाषामा लेख्न सक्छौँ जस्तो लाग्यो ।’

आमा एमिलीले ग्यारेटलाई उनको शोक सन्देश लेख्नका लागि सहयोग गरेकी थिइन् ।ग्यारेटको शोक सन्देशमा उनलाई मन पर्ने र मन नपर्ने कुराहरु उल्लेख गरिएको छ । मन पर्ने कुरा बारे उनले खेलेका छन्, ‘दिदीसँग खेल्नु, मेरो ब्लु बुनी, थ्रास मेटल, लेगोज्, डे केयरका मेरा साथीहरु, ब्याटम्यान मलाई निकै मन पर्छ ।’ उनले आफूलाई मन नपर्ने कुराबारे लेखेका छन्, ‘पाइन्टस् , डर्टी स्टुपिड क्यान्सर, सुई (इन्जेक्सन) र बाँदरको नाक, जो परैबाट चेरीको जस्तो गन्ध आउँछ…’

‘तर मायो रेडिएसनमा रहेको मिन्ट मंकी नोज मन पर्छ, अनि मलाई लेगोज् बनाउन सहयोग गर्ने त्यो एक व्यक्ति पनि मन पर्छ (र्‍याण्डी) ।’ मृत्युका बारेमा सोध्दा उनले भनेको कुरा पनि शोक सन्देशमा उल्लेख गरिएको छ । उनले भनेका छन्, ‘म कहिले मर्छु : म गोरिल्ला बन्दैछु र पू (दिसा) ड्याडीलाई फाल्दिन्छु ।’ उनलाई अभिभावकले मृत्युपछि शरीर के गर्ने भन्ने बारेमा पनि सोधेका थिए र कस्तो खालको फ्युनेरल चाहन्छन् भन्ने बारे पनि ।

उनले त्यसमा भनेका छन्, ‘मलाई थोरकी आमा मर्दा जसरी जलाइएको थियो त्यसरी नै जलाइयोस् र त्यहाँ रुख रोपियोस् जसले गर्दा म गोरिल्ला नबनेसम्म जीवित रहन सकुँ । फ्युनेरल जहिले निराश हुन्छ : मेरो फ्युनेरलमा पाँचवटा बाउन्सी हाउस हुन् किनकी म पाँच वर्षको छु । यस्तै ब्याटम्यान र बरफका डल्लाहरु पनि हुन् ।’ ग्यारेटको शोक सन्देशमा उल्लेख गरेको कुराहरु अमेरिका तथा विश्वभर समाचार बनेका छन् । ग्यारेटकी आमा एमिलीले आफ्नो छोराको कुराले धेरै मानिसलाई छोएकोमा आभारी रहेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘विश्वभरबाट विभिन्न मानिसले हामीलाई चिट्ठी पठाएका छन् । हामी अहिले यो दुःखको क्षणमा पनि श्रद्धायुक्त अवस्थामा छौँ र आभारी छौँ ।’ उनीहरुले ग्यारेटको इच्छा बमोजित उनको शव जलाएका छन् । अनि मृत्युलाई शोक नभइ उनले भने जस्तै उत्सवको रुपमा स्वीकार पनि गरेका छन् । श्रोत देश संसारबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित