बालबालिकाहरूलाई तनावमुक्त राख्ने स्मार्ट टिप्स

मानिसहरुमा सकारात्मक सोचको विकास हुन सबैभन्दा पहिलो ऊ तनाबमुक्त हुनुपर्छ । ‘तनाव’ शब्द सुन्दा जति छोटो महसुस हुन्छ, ससमयमै रोकथाम नगरे यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउने गर्छ । यस्तो समस्याको शिकार दूधे बालकदेखि यौवनावस्थामा पाइला टेक्दै गरेका लक्काजवान समेत हुने गर्छन् । यिनीहरूलाई तनावमुक्त राख्न सके यिनीहरूमा सकारात्मक सोचको विकास गर्न सकिन्छ । साथै यिनीहरूको शारीरिक तथा मानसिक विकास पनि राम्रोसँग हुन्छ । त्यसैले, बालबालिकाहरूलाई यस उमेरमा सकेसम्म तनाव रहित जिउन प्रेरित गर्नु पर्छ ।

किन हुन्छ बालबालिकाहरूमा तनाव ?

बालबालिकाहरूमा तनावको कैयौं कारण हुनसक्छ । तनाव कुनै पनि उमेरमा हुनसक्छ । एकदेखि १५ वर्षका बालबालिकामा हुने तनावका कारण पनि अलग अलग हुने गर्छ ।
१देखि २ वर्षको उमेर
(यो उमेर न त बालबालिकाहरूको तनाव लिने उमेर हो । न त उनीहरूले यस उमेरमा तनाव के हो भन्ने कुरा नै थाहा पाउँछन् । (त्यसैले यस उमेरमा बालबालिकाहरूमा हुने तनावको कारण आमाप्रतिको उनीहरूको लगाव हुनसक्छ । (आमाले कुनै शिशुलाई काखमा लिएमा आमाको माया बाँडिने डरले बालबालिका रुन थाल्छन् जुन एक प्रकारको तनाव नै हो ।
(आमाहरूले गाली गरेको बालबालिकालाई मन नपर्न सक्छ । आमाले गरेको गालीकै कारण कैयौपटक बालबालिकाहरू यति धेरै तनावग्रस्त हुन्छन् कि उनीहरूले दूध नै खान छोडदिन्छन् र उनीहरूको सुताइ समेत कम हुने गर्छ ।
३ देखि ६ वर्ष
(तीन वर्षको बालबालिकाहरू कुरा बुझ्ने उमेरका हुन्छन् । यही उमेरमा बालबालिकाहरू स्कुल जान सिक्छन् । त्यसैले, यो उमेरमा उनीहरूमा हुने तनावको एउटा कारण स्कुल हुनसक्छ । नेपालमा तीन वर्षको उमेर देखि नै बालबालिकाहरूलाई स्कुल पठाउन सुरु गरिन्छ । (बालबालिका जब नर्सरीमा जान्छन्, त्यतिबेला उनीहरू आमासित छुट्टएिर बस्ने गर्छन् । र, बालबालिकाहरूलाई आमासित छुट्टनिुजस्तो ठूलो पीडा अरू केही हुँदैन । जसका कराण उनीहरू तनावग्रस्त हुने गर्छन् । (विना कुनै चिनजान दिनभर स्कुलमा बस्नु बालबालिकाको लागि कुनै लडाइँभन्दा कम हुँदैन । (यस उमेरका बालबालिका स्कुल, पढाइ र शिक्षकरशिक्षिका अनुसार आफूलाई ढाल्नमा आफूलाई यति धेरै अभ्यस्त गराउँछन् कि उनीहरू यसकै कारण तनावमा रहने गर्छन् ।
७ देखि ११ वर्ष

(यो उमेरमा तनावको सबैभन्दा ठूलो कारण पढाइ हुने गर्छ । (बालबालिकाको टाउकोमा स्कुलको व्यागदेखि राम्रो नतिजा ल्याउनेसम्मको बोझ हुने गर्छ । यस्तो अवस्थामा बालबालिका कसरी तनावबाट अछुतो रहन सक्छन् ? (यस उमेरमा आमाबाबुको इच्छा पूरा गर्न गर्न स्कुलमा नम्बर धेरै ल्याउन बालबालिकाले आवश्यकता भन्दा बढी मेहेनत गर्न थाल्छन् ।
१२ देखि १५ वर्ष
(यो सबैभन्दा बढी संवेदनशील उमेर हो । यस उमेरमा बालबालिकाहरूले आफूलाई निकै ठूलो महसुस गर्छन् । (यस उमेरमा बालबालिकाहरूलाई कुनै रोकटोक मन पर्दैन । (यस उमेरमा बालबालिकाहरूको शरीरमा विभिन्न किसिमका परिवर्तन देखा पर्छन् । जस्तैः केटीहरूमा महिनावारी सुरु हुने, पुरुषहरूको स्वर धोत्रे हुने इत्यादि । (यी परिवर्तनसित तालमेल मिलाएर हिड्नु पनि उनीहरूका लागि कम चुनौतीपूर्ण तथा तनावपूर्ण छैन । त्यसबाहेक पनि अन्य धेरै कारण छ, जसका कारण बालबालिकाहरूमा तनाव उत्पन्न हुने गर्छ ।

आमाबाबुको पारपाचुके

आमाबाबुका साथमा हरेक बालबाबलिकाले आफूलाई सुरक्षित महसुस गर्छन् तर त्यही आमाबाबुको पारपाचुके भएमा बालबालिकाहरू समेत तनावको शिकार हुने गर्छन् । आमाबाबुको पारपाचुके भएमा बालबालिकाहरूले आमा वा बाबुमध्ये एकलाई छनोट गर्नुपर्छ । कुनै पनि एकजनाको कमी बालबालिकाहरूको तनावको कारक बन्नसक्छ ।
मृत्यु

घरमा कसैको मृत्यु भएमा त्यसले बालबालिकाको मस्तिष्कमा गहिरो असर पर्छ । घर परिवारमा वा आमाबाबुमध्ये कसैको मृत्यु भएमा बालबालिकाले आफूलाई एक्लो महसुस गर्न थाल्छन् । जुन उनीहरूको तनावको कारक बन्न सक्छ ।

ग्याजेट्सको प्रयोग

आजकल धेरै बालबालिकाहरूमा मोबाइल, कम्प्यूटर लगायतको लत बसिसकेको छ । उनीहरू धेरैभन्दा धेरै समय मोबाइल, फोन, कम्प्यूटटर लगायतका ग्याजेट्सको प्रयोगमा विताउने गर्छन् । भिडियो गेम्स तथा सोसल मिडियामा अघि बढ्ने होडले पनि उनीहरूमा तनाव पैदा गर्न सक्छ ।

पारिवारिक झगडा

परिवारमा कलह, आमाबाबुबीच झगडा, रुवाबासी, झैझगडा, किचलो लगायतले पनि बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने गर्छ । जसका कारण बालबालिकाले एक्लो महसुस गर्न थाल्छन् ।

नयाँ माहोल
प्रायः बालबालिकाहरू नयाँ ठाउँमा चाडै घुलमिल हुन सक्दैनन् । चाहे त्यो नयाँ स्कुल होस्, नयाँ शहर होस् वा नयाँ साथी नै । उनीहरूलाई पुराना कुरा भुलेर नयाँ वातावरणमा भिज्न नै समय लाग्छ ।

बालबालिकाहरूलाई तनावमुक्त राख्ने यस्ता छन् स्मार्ट टिप्स

(बालबालिकाहरूको सबैभन्दा राम्रो साथी भनेको उनीहरूका आमाबाबु हुन् । बालबालिका आफ्ना आमाबुसित जति नजिक हुन्छन्, अरूसित विरलै हुनसक्छन् । त्यसैले, कुनै पनि समस्या आए त्यस्ता समस्यासित कसरी जुध्ने भन्ने कुरा आमाबाबुले नै आफ्ना बालबालिकाहरूलाई सबैभन्दा राम्ररी बताउन सक्छन् ।
(बालबालिका तनाव छ जस्तो भन्ने महसुस हुन्छ भने बालबालिकासित धेरै भन्दा धेरै समय व्यतीत गर्ने कोसिस गरौं, उनीहरूसित कुरा गरौं, के भएको हो, बुझ्ने प्रयत्न गरौं । उनीहरूलाई माया गरौं । अँगालोमा बाधौं ता कि बालबालिकाले आफूलाई एक्लो महसुस नगरून् ।
– बालबालिकालाई स्पेशल महसुस गराऔँ ।
(उनीहरूको इच्छा, आकांक्षालाई बुझ्ने प्रयास गरौं । उनीहरूले के मन पराउँछन्, के मन पराउँदैन त्यसको बारेमा जानकारी राखौँ । यसले बालबालिकाहरूलाई स्पेशल फिल गराउनुका साथै यस्ता प्रश्न गर्नाले उनीहरूलाई महसुस हुन्छ, घरमा उनीहरूको कुराले पनि महत्व राख्छ ।

(अरू बालबालिकाले के गरे भन्नुभन्दा पनि आफ्ना बालबालिकाको क्षमता बुझ्ने प्रयास गरौँ ।
(बालबालिकाले जे गर्छ, त्यसको सराहना सिकौं । चाहे त्यो आर्ट होस् वा डान्स वा कुनै खेलकुद सम्बन्धी गतिविध नै किन नहोस् । (अन्य बालबालिकासित आफ्नो बालबालिकाको तुलना गर्नुको सट्टा आफ्नो बालबालिकामा भएको कमी पहिल्याउने कोसिस गरौँ । उनीहरूको हौसला बढाऔँ । यसले बालबालिकाको आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
(सकेसम्म बालबालिकालाई ग्याजेट्सको प्रयोगबाट टाढा राखौ ।
(शिक्षकरशिक्षिकाले पनि बालबालिकालाई गाली गर्नुका सट्टा उनीहरूको मनोदशालाई बुझेर व्यवहार गर्न जरुरी छ ।

(बालबालिकाहरूलाई दैनिक ८ देखि १० घण्टाको निद्रा आवश्यक पर्छ । उनीहरूलाई समयमै सुत्न तथा उठ्न प्रोत्साहित गरौँ । (अभिभावक जतिधेरै तनावमा रहन्छन्, बालबालिकाहरूमा यसको प्रभाव पनि उत्ति नै धेरै रहने गर्छ । त्यसैले अभिभावकहरूले सबैभन्दा पहिले आफ्नो तनावलाई बालबालिकाहरूबाट टाढा राख्नुपर्छ । (कतिपय बालबालिकाहरूमा तनावको अर्को कारण उनीहरूको गल्ती बन्ने गर्छ । त्यसैले, हरेक अभिभावकले आफ्ना बालबालिकाहरूलाई गल्तीबाट डराउने हैन, सिक्नुपर्छ भन्ने सल्लाह दिनुपर्छ । (गल्ती भइहालेको खण्डमा डराउने हैन, त्यसलाई सच्याएर अघि बढ्ने सल्लाह दिनुपर्छ ।
(जब बालबालिका तनावमा हुन्छन् तब धेरै खान थाल्छन् । जथाभावी तरिकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपनाको समस्या बढ्ने हुँदा बालबालिकाहरूलाई विशेष गरी जंकफुडबाट टाढा राख्नुपर्छ ।

(बालबालिकाको स्वास्थ्यमा गम्भीर असर नपरोस् भन्नका लागि उनीहरूलाई सन्तुलित आहार ख्वाउनुपर्छ । गुलियो पेय पदार्थ तथा क्याफिनबाट टाढा राख्नु पर्छ । (बालबालिकालाई जनावर मनपर्छ भने घरमा पाल्ने जनावर राखिदिनुपर्छ । यसले बालबालिकाको तनाव कम गर्न मद्दत गर्छ । (अनलाइन खबर बाट साभार )

प्रतिक्रिया

सम्बन्धित