कसरी विकास हुन्छ सकारात्मक सोच?

अहिलेको समयमा आएर धेरै दर्शनिक ,विद्वान,लेखकहरुका सकारात्मक सोच सम्बन्धि लेख -रचना र पुस्तकहरु प्रकाशित भएका छन् र हर कोहीबाट सुन्न सकिन्छ- सकारात्मक सोच भएन भने हामी सफल र शान्त जीवन बिताउन सक्दैनौं।मानिस संसारमा सधै केहि न केहि प्राप्तिको लागि कर्म गरिरहेको हुन्छ किनकि भित्रबाट मानिस खाली छ त्यसैले संसारका चिजहरुले पूर्णता पाउन चाहन्छ। किन आउँछन् नकारात्मक विचारहरू र कसरी सकारात्मक सोचाई बढाउन सकिन्छ भन्ने बारेमा कुण्डलिनी जागरण के हो र यो किन आवश्यक छ यो कसरी थाहा पाउने विस्तृत रुपमा जान्नु र प्रयोगमा ल्याउनु आवश्यक छ।

मानिसको शरीर जुन शक्तिले चलेको छ त्यो शक्ति शरीरमा कसरी आउँछ र त्यसको उचित प्रयोग कसरी गर्ने त्यो नजान्दानै शक्ति असन्तुलन हुन गै अनेक नकारात्मक लक्षणहरु देखा पर्छन र ति लक्षण अनुसार मानिसले व्यवहार गरेको हुन्छ। हाम्रो शरीरको पाउ देखि शिर सम्म कस्तो प्रकारको शक्ति उत्पन्न हुन्छ र कसरी त्यसलाई सन्तुलनमा राख्ने त्यो महत्वपूर्ण कुरा छ।

अरुलाई प्रशंशा गर्न नसक्नु ,अरुलाई मदत गर्न अघि नसर्नु आदि कारणले नै संसारमा अरुको प्रिय बन्न सकिदैन। यसले गर्दा न त संसारिक सफलता मिल्छ न त आध्यत्मिकताको नै बोध हुन्छ। यस्तो किसिमको नकारात्मक शक्ति हाम्रो शरीरको सबैभन्दा तल्लो भाग अर्थात् मुलाधार चक्रमा रहेको हुन्छ।जसले गर्दा हाम्रो बौद्धिक क्षमतामा नकारात्मकता उत्पन्न भैराखेको हुन्छ ,शरीर उल्टो बाटोमा हिडिरहेको हुन्छ।

हामीले यस शरीरलाई सहि बाटोमा हिडाउन अर्थात् मनलाई टेन्सन मुक्त गरी पोजेटीभ विचार उत्पन्न गर्न ,रिस ,राग ,इर्ष्या ,द्वेष बाट मुक्त भै सबैको प्रिय कसरी बन्ने, सकारात्मक सोच कसरी राख्ने ध्यान दिनु पर्दछ। अन्यथा शरीरको तल्लो भागबाट जागृत नकारात्मक शक्ति शरीरको माथिल्लो भाग सम्म जाग्छ र पोजेटीभ शक्ति संग मिल्न सक्छ।

मानिसको शरीरमा अटोनोमिक नर्भश सिस्टम र मोटर सिस्टम दुइ किसिमका नशा प्रणाली छन्। मोटर सिस्टम हाम्रो कन्ट्रोलमा हुन्छ। जस्तै हात उठाउनु पर्यो भने आफैं उठाउछौं ,हिड्नुपरे खुट्टा चलाउछौं ,आखा चिम्लिनुपरे चिम्लंछौँ, आदि कामहरु हामीले आफैं गर्ने काम मोटर सिस्टमले चल्छ तर अटोनोमिक नर्भस सिस्टम आफैं चलिरहेको हुन्छ जस्तै मुटु ,फोक्सो। हर्मोन र अन्य रसायन पनि आवश्यक परेको बेलामा आफैं बन्छ ,आफैं चल्छ।अटोनोमिक सिस्टम दुइ किसिमका हुन्छन -सिम्पाथेटिक र प्यारा सिम्पाथेटिक। सिम्पाथेटिकले रिस राग उठ्ने ,ब्लडप्रेसर बढ्ने ,टेन्सन गराउने आदि गराउदछ भने ,प्यारा सिम्पाथेटिकले बिपरित काम गर्दछ जस्तै -कामको क्षमता बढाउने ,टेन्सन रहित बनाउने ,नम्र बोली आदि। त्यसैले सिम्पाथेटिक र प्यारा सिम्पाथेटिक दुवै सन्तुलित अवस्थामा रहनु जरुरी छ। बिहानको ब्रम्ह मुहूर्त अर्थात् बिहानको २ बजे देखि ५बजेको समयलाई ब्रम्ह मुहूर्त भनिन्छ ,यतिबेला सिम्पाथेटिक र प्यारा सिम्पाथेटिक दुवै सन्तुलित अवस्थामा रहन्छन्।

यस समयमा हाम्रो सोच्ने शक्ति बृद्दि हुन्छ किनभने यतिबेला हाम्रो मस्तिस्क पूरा जागृत भएर काम गर्दछ र हाम्रो निर्णय शक्ति एकदम सही हुन्छ। यतिबेला काम गर्ने शक्ति बढ्छ ,टेन्सन रहित हुन्छौं हामी अनि हाम्रो विचार शान्त र बोली पनि मिठो हुन्छ। अरुलाई सहयोग गर्ने जस्ता पोजेटिभ भावना पनि जागेर आउछ। त्यसैले होला परम्परा देखि हाम्रा पुर्खाहरुले राम्रो कामको शुरुवात बिहानमा गर्ने ,कसैसंग सहयोगको अनुरोध गर्नु पर्यो भने पनि बिहानको समयमा गर्ने। केटाकेटीलाइ बिहानको समयमा पढ्नु है भनेर चाडै उठाउने।

यो त भयो सिम्पाथेटिक र प्यारा सिम्पाथेटिक सन्तुलित रहने समय। तर आजकालका २४ घण्टा काममा व्यस्त हुने र एक घण्टा पनि आफ्नो लागि छुट्याउन नसक्ने हामीहरुका लागि २४ घण्टा विचार शान्त र सकारात्मक राख्ने माध्यम पनि छ त्यो हो ध्यान।सिम्पाथेटिक र प्यारा सिम्पाथेटिक मेरुदण्ड (spinal cord ) बाट निक्ली गुच्छाको रुपमा बाहिर देखिन्छ र त्यसबाट नशाहरु निक्ली शरीरका सबै तन्तु (parts ) लाई सप्लाई गर्दछ। यी गुच्छाहरुलाई चक्र (Ganglion plexus ) भनिन्छ। हाम्रो शरीरमा ७ वटा यस्ता चक्रहरू छन्। शरीरको सबैभन्दा तल्लो भागमा रहेको चक्रलाई मुलाधार चक्र (Root plexus ) भनिन्छ। त्यो भन्दा माथि क्रमश :स्वाधिषठान चक्र (Sacral plexus ),मणिपुर चक्र (Solar plexus ),अनहद चक्र (Heart plexus),बिशुद्ध चक्र (Throat plexus ),आज्ञा चक्र (Brow plexus ) र अन्तिम, सहस्र चक्र (Crown plexus ) छन्। यी सबै चक्रहरू नशा सन्तुलन भई चल्नु पर्दछ। कुनै गडबड भएमा नर्भस (break down ) हुन्छ , जसको कारणनै ब्लड प्रेसर ,अल्सर र डिप्रेसन जस्ता लक्षण देखा पर्दछन। चक्र ध्यानको माध्यम द्वारा कुण्डलिनी जागरण गरी अटोनोमिक नर्भस सिस्टमका नशाहरुमा सन्तुलन कायम हुन्छ र हामीमा ज्ञानको ढोका खुल्दछ जसबाट सकारात्मक विचार उत्पन्न हुन्छ।

सात चक्रमा पहिलो चक्र हो मुलाधार चक्र (Root plexus ) -,जसको स्थान root मा छ अर्थात् पृथ्वी तत्व संग यो जोडिएको छ। हाम्रो नेगेटिभ इनर्जी कुण्डमा लिन भएर सुषुप्त अवस्थामा बसेको हुन्छ यो सुषुप्त उर्जा जागरण भएन भने हामी सधैं अज्ञानी नै रहन्छौं। किनभने मुलाधार चक्र (Root plexus ) बाट नसाहरुले शरीरको सबै भन्दा तल्लो भागका उर्जाहरुलाई सप्लाई गरिरहेको हुन्छ जसले गर्दा ति तन्तुहरु नियन्त्रणमा हुन्छन। यसमा गडबडी भयो भने सियाटीका ,हड्डी कमजोर हुने आदि लक्षण देखा पर्दछन।स्वाधिषठान चक्र (Sacral plexus ) यो शरीरको जल तत्व संग जोडिएको हुन्छ जसले गर्दा रगत ,इन्डोक्र्याईनिन ग्ल्यांड आदिलाई नियन्त्रण अर्थात् सन्तुलन गर्दछ। यसले प्रोषटेट,किड्नी ,ब्लड क्यान्सर ,तल्लो ढाड दुख्ने आदि रोग लग्न बाट बचाउने तथा शक्ति बलियो र नियन्त्रणमा हुन्छ।

मणिपुर चक्र (Solar plexus )- शरीरको अग्नि तत्वसँग सम्बन्धित छ मणिपुर चक्र (Solar plexus )| यसले शरीरको अग्नि तत्वलाई बलियो बनाउछ र नियन्त्रण गर्दछ। यसले शरीरको चिनी पदार्थलाई जलाउछ र चिनी रोग (diabetes ) निको पार्न मद्दत गर्दछ। यसबाट सप्लाई हुने Pancreas Endocrine system ,spleen ,liver ,stomach ,intestine ,digestive system आदि बलियो हुन्छ। अनहद चक्र (Heart plexus)-चौथो चक्र ,शरीरको वायु शक्ति संग जुडेको हुन्छ।यसले शरीरको सबै अंगमा अक्सिजन पुर्याउछ। मुटु र फोक्सोको नली बन्द हुन नदिन मद्दत गर्दछ। जसले गर्दा heart attack ,छाती दुख्ने ,ब्लड प्रेसर आदि हुदैन। बिशुद्ध चक्र (Throat plexus )-शरीरको आकाश तत्वसंग सम्बन्धित छ। जुन वायु पिनास ,कान भित्रका खाली ठाउं र फोक्सोका खाली ठाउंहरुमा रहेको हुन्छ। यसको शक्तिबाट दमको रोग ,सुन्ने शक्तिमा बृद्दी,क्रोध नियन्त्रण ,थाईराइड (thyroid ) को समस्या समाधान ,बोल्ने शक्ति ,सुन्ने शक्ति र संचार शक्तिको विकास हुन्छ। आज्ञा चक्र (Brow plexus ) जागृत भयो भने ज्ञानको सागर खुल्दछ। यसलाई शिबनेत्र पनि भनिन्छ

यो सक्रिय भयो भने तेस्रो माईग्रेन (Migraine ) ठीक गर्दछ र नर्भस सिस्टम (Nervous system ) बलियो हुन्छ। सहस्र चक्र (Crown plexus ) अन्तिम चक्र जागृत भयो भने emotional mind सन्तुलनमा आउदछ र सहने शक्ति बढ्दछ जसले गर्दा सकारात्मक सोचाइले मात्र स्थान पाउदछ। सहस्र चक्र (Crown plexus ) जागृत भएपछि मानिस शान्त ,आनन्दित भित्र भित्रै गद्गद् भैरहेको हुन्छ। उसलाई कुनै दू:खले छुदैन ,न त सुखले नै उत्तेजनामा लग्दछ| यो अवस्थामा मानिसले संसार र अध्यात्म दुबैको बोध प्राप्त गर्दछ। अझ भनौं भने यो मानव जन्मको मुक्तिको अवस्था हो। Enlightenment को अवस्था हो ,नरबाट नारायणको अनुभूति हो ,सत्कर्मको यात्रा हो। त्यसैले कुण्डलिनी जागरण द्वारा सबभन्दा तल्लो उर्जा शक्तिलाई बृद्दि गरी सहस्र सम्मको उर्जाको अनुभूतिबाट मात्र मानिसमा सकारात्मक सोचको विकास हुन्छ। पढेको र सुनेको भरमा सकारात्मक सोच हुनुपर्दछ भनेर मात्र ब्यबहारिक रुपमा सकारात्मक सोचको विकास हुदैन।

साभार ः सेताेपाटी

प्रतिक्रिया

सम्बन्धित