अस्पतालमा एक दिन पहिलो पटक ब्लड डोनेसन

संखुवासभा / शनिबार बिहान पाँचखपन नगरपालिका १ खहरे (मेरो घर–गाउँ) बाट सिकिस्त बिरामी अस्पताल ल्याउँदै गरेको खबर पाएँ । बिहान करिब ११ बजे बिरामी अस्पताल आइपुगेको खबर पाएँ, म त्यतै लागेँ । पाँच महिनाको बच्चा निमोनियाले ग्रस्त पारेका सिकिस्त बिरामी ल्याएका रहेछन् । चिकित्सकले बच्चालाई अक्सिजन दिए । अन्य औषधि र प्रसस्तै सिरिन्जहरु लगाए । हुने सम्मका उपाय गरे । अस्पतालले बिरामीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान चाँडै लैजान रिफर ग¥यो । हामी एम्बुलेन्सको चाँजोबाँजोमा लाग्यौँ । एम्बुलेन्स खोज्न सहयोग गरेका नेत्र अच्छामीले उनका बिरामीलाई ओ पोजेटिभको रगत आवश्यक परेको भन्ने प्रसंग निकाले । उनीसंग त्यहीँ पहिलोपल्ट परिचय भयो । म आप्mनो बिरामीलाई धरान पठाउनको हतारोले म डोनेसन गर्छु भन्न भ्याइँन । म ओ पोजेटिभ नै थिएँ । उनी थप्दै थिए, हिजो दुई जना आर्मीका जवानले दिएका थिए । आज १ पाउन्ड फेरी चाहियो । कहाँबाट ल्याउने ?

कुराकानीमा एम्बुलेन्स आइसकेको थियो । करिब ३ बजे सिकिस्त बच्चा, उनका आमा–बुबा र मेरो साथीलाई धरान तर्फ पठायौं । म एकै छिन अस्पताल र परिसरको तस्बीरहरु क्यामेरामा कैद गर्दै थिएँ । सोही क्रममा अस्पताल भवन अगाडीको पुरानो भवनमा नेपाल रेडक्रस सोसाइटी आकस्मिक रक्त सञ्चार सेवा लेखिएको पुरानो बोर्डले फेरी सम्झना गरायो । यहाँ ओ पोजेटिभको रगत खोज्दै थिए, अच्छामी दाई । क्यामेरा बन्द गरेर अच्छामी दाईलाई शैयामा खोज्न थालेँ । हातमा गहिरो चोटका कारण उनी पनि अस्पताल भर्ना भएका थिए । मलाई शैयामा खोज्न सजिलो भयो । उनी मलाई खोज्दै रहेछन् । उनले मलाई बिरामीको सम्म पु¥याए ।

मैंले उनीसंग केही सोधेँ । उनको जवाफ मेरा प्रश्नहरु भन्दा छोटा थिए । एक साता अघि अस्पताल भर्ना भएको र पाठेघरमा समस्या भएपछी उच्च रक्तश्रावका कारण रगत अभाव भएको समग्रमा यति जवाफ पाएँ । उनकी बहिनीले रगद दिने एक जना दाई पाएँ, तपाइँ छिटो आइदिनु प¥यो भनेर फोन गरिन् । नेपाल रेडक्रस सोसाइटी मार्फत जिल्ला अस्पतालमा विगत ५ वर्ष देखि एक जना ल्याव असिस्टेन्ट राखिएको छ । फोन गरेपछि उनी रगत तान्नका लागि अस्पताल आइन् । रगत तान्नका लागि जिल्ला अस्पतालमा उनी मात्र भएकाले आफू बिरामी पर्दा ल्यावका कर्मचारीलाई सहयोग लिने गरेकी छिन् ।

उनले नेपाल रेडक्रस सोसाइटी आकस्मिक रक्त सञ्चार सेवा लेखिएको पुरानो भवनमा बोलाइन् । बिरामी र मेरो रगत परिक्षणमा दिन मिल्ने भयो । करिब आधा घण्टामा रगत तानिएपछी ल्याव असिस्टेन्टले बिरामीको शैयामा रगत पु¥याए । ल्यावका कर्मचारीले बिरामीलाई रगत दिन सुरु गरे । म अस्पतालका बिरामी ब्लड बैंकको अभावमा समाचार लेख्न बिरामीको ठेगाना, परिचय सोध्न थालेँ । बिरामीका बहिनीले संगिता तामाङ खाँदबारी ४ अरुणथान दिदीको ठेगाना बताइन् । संयोगमा म खुशी भएँ । तामाङलाई नै पहिलो पटक रगत दिएको रहेछु ।

२७ वर्षिय सम्झना पाठेघरको समस्याका कारण रत्तश्राव बढी हुन थालेपछि शैयामा थलिएकी हुन् । उच्च रत्तश्रावका कारण उनलाई रगतको आवश्यकता रह्यो तर जिल्ला अस्पतालमा मात्र नभई कुनै पनि स्वास्थ्य संस्थामा ब्लड बैंक नहुँदा रगत पाउँन समस्या भएको उनी बताउँछिन् ।

अस्पतालको पाँच दिने बसाईमा उनलाई चिकित्सकले दुई प्वाइन्ट ओ पोजेटिभ रगत आवश्यक परेको बताए । अस्पतालमा ब्लड बैंक नहुँदा रगत पाउने आश पनि थिएन, सम्झनाले भनिन् । चिकित्सकले आफन्त वा मिल्ने रगतको मानिस खोज्न सुझाव समेत दिए । अरु समूहका ब्लड डोनेसन गर्नेहरु पाइए पनि आफूलाई आवश्यक रगत नपाएको बताइन् । उनी नजिकैको शैयामा रहेका अच्छामी दाईले बराह दल गुल्ममा फोन गरेर दुई जवानलाई ब्लड डोनेसन गर्न आग्रह गरेका थिए । उनीहरुले शुक्रबार सम्झनालाई रगत दिएका थिए । रगत आवश्यक पर्दा नेपाल आर्मी र नेपाल प्रहरीलाई गुहार माग्ने गरेको सुनेकोले आफूले त्यसै गरेको अच्छामीले बताए । शनिबार पनि एक प्वाइन्ट रगत आवश्यक परेको चिकित्सकले सम्झनालाई सुनाए । तर फेरी गुल्ममा गुहार माग्न लज्जासपद जस्तै भयो, त्यसैले माँगीन, अच्छामीले भने ।

जिल्ला अस्पतालमा एक वर्षमा करिब ५६÷५७ प्वाइन्ट रगत आवश्यक पर्ने ल्याव असिस्टेन्ट कल्पना भट्टराईले बताए । तर रगत आवश्यकता परेको बेला बिरामीलाई समस्या हुने गरेको उनले बताइन् । ठूला चोटपटक, दुर्घटना, उच्च रक्तश्राव र दिनहुँ जसो अप्रेशन गरिएका बिरामीलाई सम्झनालाई जस्तै रगतको आवश्यकता पर्ने गरेको छ । तर उनीहरुले आफन्त, नेपाल आर्मी र प्रहरीको सहयोग लिनुको विकल्प छैन । जिल्लामा विभिन्न समयमा विभिन्न संघसंस्थाहरुले ब्लड डोनेसन कार्यक्रम गर्ने गर्छन् । यसरी कार्यक्रम गर्दा रगत जम्मा गर्न सकिए पनि २४ घण्टा बाहेक यसलाई ताजकी राख्न उपकरण नहुँदा यसो गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटी संखुवासभाका लक्ष्मी कार्कीले बताइन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित