जनप्रशासन क्याम्पस ४२ औं बर्षमा

काठमाडौं / त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस बल्खुको ४२ औं बार्षिक दिवस समारोह विभिन्न रचनात्मक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।
मुलुककै पहिलो जनप्रशासन क्याम्पसको रुपमा रही देश निर्माण गर्ने उच्च जनशक्ति निर्माण गर्दै आइरहेको क्याम्पसको वार्षिक दिवस समारोहको उद्घाटन प्रतिनिधि सभाका सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सीले गर्नुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि के.सी ले उच्चशिक्षमा राज्यको स्पष्ट लगानी गर्ने बातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । जनप्रशासन लगायतका विषयहरुका अध्ययनगरेका विद्यार्थीले मुलुकमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले शिक्षाका सम्पूर्ण पाठ्यक्रममा मुलुकको समृद्धि झल्किनुपर्ने बताउनुभयो ।
अब लोकतन्त्र प्राप्तिको लडाई सकिएको भन्दै उहाँले राज्यको समृद्धि र समुन्नतीका निमिक्त शिक्षामा पर्याप्त सुधार गर्दै लगानी वढाउदै लैजाने विषयमा आफु लागिपर्ने समेत प्रतिवद्धता व्यक्त गनुृभएको थियो ।

कार्यक्रमा त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले प्राध्यापकहरुलाई अब विद्यावारिधि अनिवार्य सरह भै सकेको भन्दै प्राज्ञिक उन्नयन एवं अनुसन्धान कार्यमा लाग्न जनप्रशासन क्याम्पसलाई आग्रह गर्नुभयो । उहाँले सरकारले उच्चशिक्षाको महत्व र आवश्यकतालाई उपेक्षा गर्न खोजिरहेको अनुभुति भएको भन्दै राज्यले पर्याप्त लगानी गरे आवश्यक उच्च दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लागिपर्ने बताउनुभयो । व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले त्रिविले सेमेष्टर सिस्टमलाई संस्थागत सुधार गर्दै अघि वढेको बताउदै यसको निरन्तर सुधार र विकासकालाई सहयोग गर्न विद्यार्थीवर्ग एवं प्राध्यापकहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई अधिकारमा मात्रै नभई उत्तरदायित्व र कर्तव्यमा पनि जिम्मेवार बन्न आग्रह गर्दै उहाँले जनप्रशासन व्यापक महत्वका वारेमा उजागर गर्नुभएको थियो ।

त्रिवि जनप्रशासन केन्द्रीय विभागका प्रमुख प्रा.डा टेकनाथ ढकालले जनप्रशासन क्षेत्रमा वढिरहेको आकर्षण र त्यसको सम्वोधनका लागि भइरहेका प्रयत्नहरुका वारेमा जानकारी गराउनुभएको थियो ।उहाँले दरवन्दी अनुसार शिक्षक÷कर्मचारी प्राप्त नहुँदा शैक्षिक कार्यक्रम सञ्चालनमा कठिनाई भईहरेको विषय उपस्थित पदाधिकारी समक्ष ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रमा क्याम्पस प्रमुख हरिभक्त शाहीले क्याम्पसको पछिल्लो अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो भने विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै स्व.वि.यू कोषाध्यक्ष जगदिश जोशी, स्व.वि.यू सचिवव सन्देश आचार्य एवं स्व.वि.यू सभापति पंकज कुमार क्षेत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिक दिवसको अवसरमा क्याम्पसवाट विद्यावारिधि गर्ने शिक्षकहरु, अवसका प्राप्त शिक्षक÷कर्मचारीका साथै उत्कृष्ट काम गर्ने शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो । वि.पि.ए र एम.पि.ए लगायका विभिन्न सेमेष्टरमा उत्कृष्ट नजिता ल्याउन सफल छात्र÷छात्राहरुलाई समेत वार्षिक दिवसको अवसरमा सम्मान गरिएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित