कक्षा १२ को नतिजा भोलि मात्रै आउने

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलमात्रै सार्वजनिक गर्ने जनाएको छ । आज बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ ९ अक्षराङ्कन० सिस्टममा प्रकाशित गर्न लागेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मंगलबारै नतिजा प्रकाशन गर्ने गरी तयारी गरे पनि केही प्राविधिक समस्याका कारण भोलि बिहीबार मात्रै सार्वजनिक गर्न सकिने बताए । गत वैशाख १४ गतेदेखि भएको कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले विद्यार्थीको जे विषयमा जस्तो स्तर छ सोही अनुसार ग्रेड प्रदान गर्ने भनेर कक्षा १२ को नतिजा ग्रेडिङ सिस्टमअनुसार ल्याउन लागिएको जानकारी दिए । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिने हो । यस अघि पहिलो चरणमा विज्ञान संकायको मात्र नतिजा सार्वजनिक गर्ने गरिएकोमा यसवर्षदेखि सबै संकायको नतिजा एकैचोटि सार्वजनिक गरिएने तयारी बोर्डको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित