समुद्रटारमा सुविधासम्पन्न स्वास्थ्यचौकी

नुवाकोट / दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ । सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गर्नुभएको हो । सरकारको रु दुई करोडको लागतमा नयाँ भवन बनेको छ ।

स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भई सेवा पनि शुरु भएकाले अब पहिलेभन्दा अझै स्तरीय स्वास्थ्य सेवा नागरिकले पाउने बताउँदै तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि रु. ३० लाख गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिनुभयो । स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गर्नुभएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित