पुस्तकालय हटाउन नहुने माग राख्दै उपमहानगरपालिकामा ज्ञापन पत्र

सुनसरी इटहरी उपमहानगरपालिका परिषरमा रहेको सार्वजनिक पुस्तकालय हटाउन लागिएको भन्दै आवाज उठी रहेको समयमा नागरिक समाज इटहरीले पुस्तकालय हटाउन नहुने माग राख्दै उपमहानगरपालिकामा ज्ञापन पत्र वुझाएको छ । करिव दुई दसक अघि लगजम्र्वरका नागरिक जोन पोलको सहयोगमा निर्माण भएको सास्कृतिक भवनमा रहेको पुस्तकालयलाई उपमहानगरपालिकाले विभिन्न वहाना वनाएर विस्पाथापन गर्न लागिएको भन्दै विरोध भई रहेको समयमा नागरिक समाजले ज्ञापन पत्र वुझाएको हो ।

सास्कृतिक गविधि र नागरिकहरुको अध्ययनमा सहयोग पुगोस भनेर लगजम्र्वरका नागरिकको सहयोगमा स्थानीयले निर्माण गरेको सास्कृतिक भवन अन्य प्रयोजनमा प्रयोग गर्न पुस्तकालय हटाउन लागेको भन्दै उपमहानगरपालिकाको आलोचना हुदै आएको थियो । नागरिक समाजको अगुवाईमा ज्ञापन पत्र वुझाउन पुगेका विभिन्न क्षेत्रका अगुवाहरुले पुस्तकालय हटाउनु नहुने माग राखेका थिए । उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले ज्ञापन पत्र वुझी सकेपछि उपमेयर लक्ष्मी गौतमले पुस्तकालयलाई पुर्ण रुपमा हटाउने नभएर एकै पुस्तक धेरै प्रति भएकाले केही विद्यालयहरुलाई पुस्तकालय सञ्चालनका लागि दिएको साथै इ लाइवेरी सञ्चालन गर्दै पुस्तकालयलाई अझ व्यवस्थित वनाउन लागिएको जानकारी दिइन । उनले सास्कृतिक भवनको संरक्षण गर्ने काम गर्दै आएको उपमहानगरपालिकाले तत्कालिन अवस्थामा उपमहानगरपालिकाको कार्य सम्पादनका लागि प्रशासनीय कक्ष सञ्चालन गर्न लागिएको समेत वताइन । बैकल्पीक व्यवस्था गर्न नसक्दा सम्मका लागि सास्कृतिक भवनको पुस्तकालयलाई कायम राखि केही कोठाहरु प्रशासनीक कार्यमा प्रयोग गर्ने विषय कार्यपालिकाको वैठकले पारित गरिसकेको जनाइयो ।

सांस्कृति भवन निर्माण समयमा सहयोग पुर्याएका रामचन्द्र अधिकारी , प्रेमप्रसाद न्यौपाने , धरणीधर दाहालका छोरा ज्ञानु दाहाल , लेखनाथ घिमिरे ,नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौड्याल लगायतले निर्माण कार्यको समयमा भोग्नु परेको समस्या र चुनौतीहरुका विषयमा जानकारी गराउदै उदेश्य भन्दा फरक प्रयोजनमा प्रयोग नगर्न आग्रह गरेका थिए । त्यसै गरी साहित्यकार कलाकार तथा सञ्चारकर्मीहरुले समेत विकासका कुरा गर्दा भौतिक विकाससंगै सांस्कृतिक विकासलाई समेत एक साथ लिएर अघि वढ्नु पर्ने भएकाले पूस्तकालय र सांस्कृतिक भवनलाई उद्धेश्य अनुरुप नै प्रयोगमा ल्याउन पर्नेमा जोड दिएका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित