अत्यान्तै उपयाेगी चिनिरोगका १० घरेलु उपचारहरू

१) जामुनको हरियो नरम पात पिसेर विहान ताजा पानीसँग सेवन गर्ने गरेमा पिशाववाट शुगर जान वन्द हुन्छ । यो क्रमलाई ६ महिनासम्म निरन्तरता दिनुपर्छ ।

२) कुविन्डोको दशतोला रसमा ६ माशा लास केशर ६ माशा ढिकीमा कुटेको चामल फलदा निक्लेको ढुटो मिसाएर विहान बेलुका खाने गर्नाले चिनि रोग निको हुन्छ । खाना जौको रोटी मात्र खाने ।

३) गुर्जाेको चूर्ण ५ माशा काल्चे मिश्री ६ माशा मिसाएर खाने गरेमा पिशाववाट चिनी जान वन्द हुन्छ ।

४) एक तोला गुर्जाेको चिनी र एक तोला घ्यु कुमारीको गुदी सित मिलाएर खाने गर्नाले ६ महिना मै मधुमेह नष्ट हुन्छ । यो एक खुराक हो ।

५) महुवाको वोक्रो ६ माशा, ६ दाना मरिच पिसेर विहान वेलुका चिसो पानी सँग सेवन गर्नाले चिनी रोग नष्ट हुन्छ । माथि लेखेको एक खुराख मात्र हो ।

६) मधुमेहका रोगीले करेला प्रशस्त खानुपर्छ, करेलाको पानी खानुपर्छ जामुनको गेडाको चूर्ण खानुपर्छ जामुनको वोक्राको झोल पकाएर खानु पर्छ अथवा जामुनको बोक्राको चुर्ण बनाएर खाने गर्नु पर्छ यसले गर्दा मधुमेह नष्ट हुन्छ । यो लामो समय सम्म प्रयोग गर्ने विधि हो ।

७) बिहान उठेर खाली पेटमा दिशा पिसाव नगरी मुख कुल्ला पनि नगरीकन तामाको पात्रमा राखेको सवा लिटर बासी पानी पिउने गरेमा एकसय पन्ध्र दिनमा नै चिनी रोग नष्ट भएर जान्छ । पानी सवा लिटर हुनु जरुरी छ । पानी पिएको एक घण्टा सम्म केहि पनि खानु, पिउनु हुँदैन । जाँड, रक्सी, चुरोट, खैनी र तामसी भोजनको अन्त्य गर्नु पर्छ । राती उठेर पानी पिउन हुन्न । खाना जौंको रोटी वा सातु मात्र ११५ दिन सम्म खाने ।

८) बिहान उठेर खाली खुट्टा शितमा दुई किलोमिटर सम्म यात्रा गर्ने गरेमा चिनी रोगीलाई फाइदा हुन्छ अथवा धेरै पसिना आउने साधारण खेल खेल्नाले पनि फाइदा हुन्छ । खाना ः उसिना, चामल माड काटेर खाने, मकैको फलेको चामल अथवा जौको रोटी मात्र खाने ।

९) तीते करेलाको टुक्रा बनाएर छायाँमा सुकाउनु पर्छ र त्यसको मसिनो चूर्ण बनाउनु पर्छ । आधा तोला करेलाको चूर्ण आधा तोला एक दम शुद्ध मौरीको मह मिसाउने खाने गरेमा पिशावबाट चिनी जान बन्द हुन्छ । मह छैन भने चिसो पानीसंग मात्र एक तोला चूर्ण खाएमा पनि काम गर्दछ । यसले गर्दा इन्सुलेन्स इन्जेक्सनको जरुरी पर्दैन । यो औषधिले पाण्डु रोग, चर्म रोगलाई पनि जाती गर्दछ ।

१०) भिर मौरीको मह आधा तोला र त्रिफला चूर्ण एक तोला (हर्रो, वर्रो, अमला) मिसाएर बिहान बेलुका दूइृ पटक खाने गर्नाले चिनीरोग पुरै निर्मूल हुन्छ । यसको प्रयोग १५० दिन सम्म गर्नु पर्दछ । माथि लेखिएको औषधि खाउन्जेल इन्सुलेन्स इन्जेक्सनको प्रयोग पनि कहिले काँही गर्नु पर्दछ । गुलियो खाने मन भएमा भिर मौरी मह मात्र खाने, जौ को रोटी, ढिडो, उसिना चामलको भात पूर्ण माड काटेर खाने, ओखल अथवा ढिकीमा फलेको मकैको चामल खाने गर्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित