अबदेखि सिकलसेल एनिमियाको निःशुल्क जाँच
नेपालगन्ज / स्थानीय भेरी अञ्चल अस्पतालले विशेषतः थारु समुदायमा हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ । अस्पतालले यसअघि सिकलसेल परीक्षणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लिँदै आएको थियो । सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाइएको सो अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताउनुभयो । यसअघि सो अस्पतालले सिकलसेल एनिमिया भएका प्रत्येक एक जनाबाट रु एक लाख बराबरको निःशुल्क उपचार सेवा दिँदै आएको थियो ।
प्रतिक्रिया