प्याजको प्रयोगले तीन मिनेटमै निको पार्छ दाँतको दुखाई, यि हुन अन्य ५ घरेलु उपाय

काठमाडौँ-राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दाँत किराले खाँदा त झनै सहनै नसक्ने गरी दुख्छ ।दुखाई सहन नसकेपछि हामी कि पेन किलर खान्छौ कि चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ ।दाँत दुख्दा समान्य घरेलु उपाए अपनाउन सकेमा दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ ।त्यस्तै लसुनको एक पोटीलाई नुनसँग खाउमा पनि दुखाईबाट राहत दिन्छ ।यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ ।

तयस्तै कागतीमा भएको भिटामिन सीले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वांगले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वांग वा ल्वांगको तेल लगाएमा दुखाइमा धेरै राहत मिल्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित