विरामी जाच छोडेर चरणवद्ध बीपी प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा

धरान / प्रा.डा. गोविन्द केसीले उठाएकोे मागको समर्थन गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु ओपिडीमा विरामी जाच छोडेर चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।  विहीबारबाट आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा सुविधा ठप्प बनाएका उनीहरुले शुक्रबार उनीहरुले दबाबमूलक ¥यालीको आयोजना गरे । बीपी प्रतिष्ठानको जिओपिडी अगाडिबाट शुरु भएको ¥याली धरानको भानुचौक, छाताचौक हुदै पुनः भानुचौकमा कोणसभाको आयोजनापश्चात सम्पन्न भएको थियो ।

जुनियर चिकित्सकहरुको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको आयोजनामा भएको ¥यालीमा उनीहरुले स्वास्थ्यमाथि हुने माफियातन्त्रको अन्त्य हुनुपर्ने, प्रा.डा. गोविन्द केसीले उठाएका माग पूरा हुनुपर्ने, माथेमा आयोगले प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

कोणसभामा बोल्ने अधिकाशले जायज माग राखी १९ पटक अनसनरत प्रा.डा. गोविन्द केशीको जीवनरक्षा, माथेमा आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन, ंसरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश खारेजीको माग गर्दै माग पूरा नहुन्जेल काममा नफर्कने बताएका थिए

ओपिडी नै छाडेर चरणवद्ध आन्दोलनमा उत्रिएका उनीहरुका कारण सबैभन्दा बढी मार विरामी परेका छन् । उनीहरुले प्रा.डा. गोविन्द केसीको जीवनरक्षाको कामना गर्दै साझ जिओपिडी अगाडि द्विप प्रज्वलन गर्ने जनाएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित