पब्लिक क्याम्पसमा ‘प्राईभेट पन’को मनोमानी

इटहरी । कही नभएको जात्रा हाँडी गाँउमा !!  यो नेपाली समाजको चर्चित उखान समय समयमा चरिर्थात हुँदा अझ रोचक नै हुन्छ । इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पसमा एउटा यस्तै जात्राको चर्चा अहिले चुलिदो छ । ‘पब्लिक क्याम्पस’ को रुपमा संञ्चालित यस क्याम्पसमा ‘नातावाद’को संस्कारलाई मलजल गदै गरिएको एउटा नियुक्ति हाँडी गाँउको उखान जस्तै व्यवहारिक रुप देखिएको छ ।

नाम पब्लिक तर क्याम्पस भित्र मौलाएको ‘प्राईभेट पन’को हालिमुहालीले ‘नातागोता’लाई जागिर लगाउन यहाँ कुनै नियम र बिरोधले छेक्दैन । क्याम्पस संञ्चालन गर्नको लागी आबश्यक नियुक्ति पुरा गर्न बनेको पदपूर्ति समितिका पदाधिकारी नै ‘राम्रालाई हैन हाम्रालाई’ जागिर लगाउन कम्बर नै कसेर लागेको देखिन्छ ।

जनता क्याम्पसको पुस्तकालय साहयक पदको लागी एक जना नियुक्त गर्नु पर्ने ठाँउमा दुईजनाको नियुक्ति अनुमोदन गरिएरको बिषय अहिले विवादित बनको छ । क्याम्पसको पदपूर्ति समितिका संयोजक चन्द्र भट्टराई र सदस्य बिकास केसीले नियम भन्दा बाहिर गएर ‘पदको दुरुपयोग’ गरि आफ्नालाई नियुक्ति दिएका हुन । भट्टराईको छोरी सृष्टि र केसीको श्रीमती शारदा पोखरेललाई नियुक्ति गरेको बिषय अहिले ‘पब्लिक सरोकार’ बनेको छ ।

असार ३ गते ब्लाष्ट दैनिकमा निकालिएको कर्मचारी आवश्कता संम्बन्धि सुचनामा समेत एक जना पुस्तकालय साहयक पदको लागी आवेदन खुल्ला गरिएको थियो । तर इटहरी ४ नं. वडाका वडाध्यक्ष समेत रहेका चन्द्र भट्टराई र नेपाल बिद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष रहेका बिकास केसी बिच दुईमा एक जनालाई जागिर लगाउने बिषयमा विवाद अग्र बनेपछि एउटा पदमा दुईजनालाई समायोजन गरि क्याम्पस व्यवस्थापन समितिले साउन २ गते नियुक्ति गर्ने निर्णय गरेको हो ।

पदपूर्ति समितिका संयोजक र सदस्य बिच नै जागिर लगाउने बिषयमा आफ्नो ‘हट’ नत्यागे पछि क्याम्पस प्रशासनले दुईजनालाई नियुक्ति गर्दा ‘असहज’ नहुने भन्दै पत्र बनाएपछि दुवैलाई नियुक्ति गर्न बाटो खुलेको थियो ।

यस नियुक्तिलाई सोझै हिसाबले हेर्ने हो भनेपनि भट्टराई र केसीको समर्थनमा क्याम्सका प्रमुख र व्यवस्थापन समितिका अध्यक्ष स्वयम आफै लागेका थिए । क्याम्पस प्रमुख भोजराज श्रेष्ठ एमाले हुन भने व्यवस्थापन समितिका अध्यक्ष विश्व रिजाल काग्रेसी ।

यस बिषयमा बिच विवाद बढेपछि तोकिएको मिति भन्दा १३ दिन ढिलो मौखिक अन्तरवार्ता गरिएको थियो । मौखिक अन्तरवार्तामा सहभागी अन्य उम्मेद्धवारहरु एक पदमा दुई नियुक्ति गरिएको बिषय प्रति असन्तुष्ट छन् । कानुनी परामर्श गरि नियुक्तिको बिषयमा अख्तियार जाने उनिहरुले बताएका छन् ।

नियुक्तिको बिषयमा क्याम्पसका प्रमुख भोजराज श्रेष्ठका अनुसार क्याम्पस प्रशासनको माग अनुसार दुईजनालाई नियुक्ति गरिएको बताए । श्रेष्ठले कम्प्युटर ल्याव र पुस्तकालय साहयकको लागी दुवै जनालाई नियुक्ति गरेको आफै खुलासा गरे ।

आवेदन बिनै सोझै नियुक्ति

क्याम्पस प्रमुख श्रेष्ठको आधारा मान्ने हो भने कम्प्युटर ल्याबको साहयक पदको लागी आवेदन खुल्ला नगरी नियुक्ति गरिएको छ । नियम अनुसार खुल्ला आवेदनको लागी पत्रिकामा सुचना प्रकाशित गर्नुपर्ने हुन्छ । यता बनि नै नसकेको कम्प्युटर ल्याबको लागी सारदा पोखरेल र पुस्तकालय साहयको लागी सृष्टि भट्टराईलाई ‘मिलाएर’ नियुक्ति गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित