काठमाडौँको मूलपानीमा स्कूलबस दुुर्घटना : ५८ विद्यार्थी घाइते

भक्तपुर / काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न ५ बजेतिर मध्यपुरथिमिको नीलबाराहीमा दुर्घटना हुँदा ५८ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र १७ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर पाँच जनाको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित