शिक्षक सेवा आयोगका लागि संखुवासभामा २ हजार ६ सय ७६ शिक्षकले भरे फाराम

संखुवासभा / शिक्षक सेवा आयोगका लागि संखुवासभामा २ हजार ६ सय ७६ जनाले फाराम भरेका छन । फारम भर्नेहरु हुम्ला, जुम्लाका समेत रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख केशव भट्टराईले बताए ।

भट्टराईका अनुसार फारम भर्ने म्याद बाँकी भएकाले यो संख्या अझै बढ्ने छ । प्राथमिक तहमा १ हजार ६ सय २९, निमावि तहमा ७ सय १३ र मावि तहमा ३ सय ३४ जनाले शिक्षक आयोगको फाराम भरेका हुन् । सिंगल दस्तुरमा दरखास्त दिनका लागी असार मसान्तमा म्याद समाप्त भएपनि दोब्बर दस्तुर बुझाएर साउन हप्ता सम्म आवेदन दिन पाइने भएकाले निवेदकको संख्या अझै बढने कार्यालय प्रमुख भट्टराईले बताए ।

संखुवासभामा प्राथमिक तहमा खुल्ला, महिला, दलित आदिवासी जनजाति, मधेसी र पिछडीएका वर्ग गरी १ सय ८९ जनाको विज्ञापन खुला गरिएको छ । भने निमावि र मावि तर्फ विषयगत रुपमा विज्ञापन खुलाइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित