मेगा बैंकमा काम गर्ने २५ बर्षिय मनिषाको हस्पिटलले लियो ज्यान ! छोरीको मृत्यु पछि आमा रुदै यसो भनिन् (भिडियो)

काठमाडौं । सामान्य पेट दुखेर ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका लागि पुगेकी एक युवतीको २५ दिन पछि मृत्यु भएको छ । अस्पतालले अन्यत्र अस्पतालमा रेफर पनि नदिएको र रोगको पहिचान समेत गर्न नसकेका कारण उनको मृत्यु भएको भन्दै मृतकका आफन्तले विहिवार अस्पता प्रशासनमा होहल्ला र नारावाजी गरेका छन् । उनीहरुले विरामीलाई अस्पतालले प्रयोगशाला बनाएको भन्दै विरोध जनाएका छन् ।

विराटनगरकी स्थानिय बासीन्दा मनिषा निरौलालाई अस्पतालले बुधवार मृत घोषणा गरेको हो । विसं।०४९ सालमा बिराटनगरमा जन्मिएकी मनिषा केही वर्षअघि काठमाडौं अध्ययनका लागि आएकी थिइन् । मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । चिकित्सकले मृगौलामा समस्या भएको कारण पेट दुखेको हुनसक्ने आशंका गरेर अस्पतालमा भर्ना हुन सुझाएका थिए । लामो समय सम्म पनि रोगको पहिचान हुन नसकेपछि आफन्तले अन्यत्र रेफर माग्दा समेत अस्पतालले दिन मानेन ।

पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । अस्पतालमा भर्ना भएको २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषणा गरिए पछि आफन्त आक्रोशित बनेका छन् ।

सामान्य अवस्थामा अस्पताल पुगेकी आफ्नी छोरीलाई चिकित्सकहरुले प्रयोगशाला बनाएर ज्यान लिएको आरोप मनिषा निरौलाकी आमाको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै शव उठाउन मानेका छैनन् । अस्पतालमा मृतकका आफन्तले नारावाजी गर्न लागेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोग मागेको छ ।

सामान्य ग्यासट्राइटिसको औषधि खाँदा पेट दुख्न कम नभएपछि उनी २५ दिनअघि अस्पताल गएकी थिइन् ।

सुमेरु अस्पतालका वरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेको समूहले मनिषालाई मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै अस्पताल भर्ना हुन सुझाव दिएको थियो । तर २५ दिन सम्म उनलाई के कारणले पेट दुखेको हो भन्ने सम्म जानकारी नदिएको मृतकका आफन्तले जनाएका छन् ।

मनिषाका भाई मनिषले मृगौलाका कारण पेट दुखेको नभई अरु कारण हुन सक्ने भनेर चिकित्सकले भनेपछि आफुहरुले अन्यत्र अस्पतालमा रेफर गर्न आग्रह गर्दा नमानेको बताएका छन् । रोगका बारेमा हामीलाई केही भनिएन औषधि र बेडको पैसा मात्र तिर्न लगाइरह्यो उनले भने मेरो दिदीलाई चिकित्सकहरुले प्रयोगशाला बनाए ।

अस्पतालमा भएको तनावका विषयमा कुराकानी गर्न खोज्दा चिकित्सकहरु सम्पर्कमा आउन चाहेका छैनन् । स्रोतका अनुसार चिकित्सकहरुको टोलीले मृतक युवतीका भाइ मनिषलाई सुमेरु अस्पतालमा जागिर लगाइदिने आश्वासन दिएका छन् तर भाई मनिषले ज्यानको बदलामा जागिर दिने अस्पतालको प्रस्ताव अमानवीय भएको भन्दै अस्वीकार गरेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित