काठमाडौं आउन मानेनन् डा. केसी, सरकारले अपहरण गर्न खोजेको आरोप

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा२० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।

तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍याे । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ डा. केसीले माग पूरा नभएसम्म ‘चन्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् । सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै सरकारको गुन्दागर्दी नचल्ने बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित