उच्च स्तरिय छानविन आयोगद्वारा बीपीका उपकुलपति रौनियारसँग लियाे बयान

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारको भ्रष्टाचारको छानविन गर्न गठिन शक्तिशाली छानविन आयोगले विहीबार प्रतिष्ठानमा पुगेर छानविन शुरु गरेको छ ।

प्रा.डा रौनियार प्रतिष्ठानको उपकुलपति भएदेखि नै प्रतिष्ठानका खरिद, ठेक्का तथा निर्माण कार्यमा व्यापाक भ्रष्टाचार भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको कार्यालय तथा अन्य सम्बन्धित निकायमा उजुरी परेपछि प्रतिष्ठानको वास्तविकता बुझी कारबाही अगाडि बढाउन प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारीको संयोजकत्वमा गठित शक्तिशाली छानविन समितिले प्रतिष्ठानमा भएका खातापाता लगायतका कुरा हेरिरहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारमाथि एमआरआई १.५ टेस्ला उपकरण,अंकोलोजी र कार्डियोली सेन्टर निर्माण सप्लायर्स र ठेकेदारको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले नै यसलाई चासो देखाएपछि प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्यमन्त्रालय लगायतका सचिव स्तरीय कर्मचारीको ७ सदस्यीय छानविन समिति गठन भएको थियो ।

गोप्य रुपमा आएका समितिले दिनभरि नै प्रतिष्ठानका उपकुलपति कार्यकक्षमा बसेर बयान लिएकाे बुझिएको छ । गठित समितिमा अख्तियारका प्रतिनिधि, सम्पत्ति सुद्धिकरण विभागका प्रतिनिधि, अर्थ मन्त्रालयका सह सचिव, स्वास्थ्य मन्त्रालयका सचिव लगायत सात जना रहेको स्रोतले जानकारी दिएको छ । समितिले उपकुलपति प्रा.डा. रौनियारको कार्यकालको सबै प्रकारको निर्माण तथा उपकरण खरिदको छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन प्रतिष्ठनका कुलपति एवम् प्रधानमन्त्री समक्ष बुझाउने बताएको छ ।

यसैबीच प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेबारी सम्हालिरहेका प्रा.डा. गुरु खनाललाई प्रक्रिया मिचेर प्रा.डा. चन्द्रभुषण झालाई उपकुलपति प्रा.डा. रौनियारले जिम्मेवारी दिए पनि हटाइएका खनालले पुन ताला फोडी कार्यकक्षमा प्रवेश गर्नुभएको स्रोतले जानकारी दिएको छ । उपकुलपति प्रा्डा रौनियारले शिक्षाध्यक्ष, अस्पताल निर्देशक लगायतमा जिम्मेवारी दिदा स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्नुपर्ने र स्वास्थ्यमन्त्रालयले स्वीकृति दिएपछि मात्र नियुक्त गर्नुपर्ने प्रावधान भएपनि उनले मन्त्रालयलाई जानकारी नै दिई चन्द्रभुषणलाइ नियुक्ति गरिएको बुझिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित