बीपी प्रतिष्ठानकाे आकस्मिक बाहेक सबै सेवा ठप्प

धरान / धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर चिकित्सकहरुले आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका छन् ।उनीहरुले प्रा.डा. केसीको जीवन रक्षाको माग गर्दै जायज माग पूरा गर्नुपर्ने बताउदै माग पूरा नहुन्जेल आन्दोलनलाई जारी राख्ने चेतावनी समेत दिएका छन् ।

आन्दोलनरत जुनियर चिकित्सकहरुको संगठन जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले केसीको जीवन रक्षा र उहाले उठाएको माग पूरा नहुन्जेल आफूहरु आकस्मिक बाहेकका अन्य सेवामा संलग्न नहुने जानकारीसहितको पत्र प्रतिष्ठानका उपकलपति, शिक्षाध्यक्ष, विभागीय प्रमुखहरु मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटी र नेपाल मेडिकल एसोसएसनलाई पत्र समेत बुझाइसकेका छन् ।

केसीले उठाएका मागलाई यहाका मेडिकल माफिया र सरकार मिलेर धज्जी उडाउदै पूरा गर्न नदिने खेलमा लागेका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष जीवनाथ धमालाले बताउनुभयो । जुनियर चिकित्सहरुको आन्दोलनका कारण प्रतिष्ठानमा उपचारका लागि आएका विरामी समस्यामा परेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित