स्ववियू द्वारा क्याम्पस प्रमुखकाे कक्षमा ताला

पथरी / मोरङ्गको पथरीशनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसकाे प्रमुखकाे कक्षमा बिद्यार्थीहरुले तालाबन्दी गरेका छन। क्याम्पसको शैक्षिक सुधारका लागि १८ बुदे माग सहित ज्ञापन पत्र जेष्ठ ८ गते नै बुझाएता पनि क्याम्पस प्रशासन र प्रमुखले व्यवस्था गरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु ,नेपाल बिद्यार्थी संघ ,किरात बिद्यार्थी मञ्च ,लिम्बुवान बिद्यार्थी मञ्च लगायतले सामुहिक तालाबन्दी गरेका हुन । बिध्यार्थीले पटक पटक क्यम्पस प्रसासन संग छलफल गर्दा पनि बेवस्था भए पछि क्याम्पस प्रमुखकाे कार्यलयमा ताला लगाएका हुन । पथरी बहुमुखी क्याम्पसका स्वबियु सभापती गोपाल साम्बाकाे संयाेजकमा सबै बिध्यार्थी संगठनले ताला लगाएका हुन ।

बिद्यार्थीहरूले राखेकाे मागमा प्रमुख नियुक्तीमा भएकाे संझैता पूरा गर्नुपर्ने, काेचिङकाे व्यवस्था , खेल मैदान, पार्किङ, कम्प्युटर तालिम , क्याम्पस क्षेत्रमा सिसि क्यामेरा जडान, शुल्कमा अटाउनु पर्ने लगायतका १८ बुदे माघ बिद्यार्थीले अघि सारेका छन ।

आफ्ना मागहरु पूरा नभए सम्मका लागि अनिश्चितकालिन ताला बन्दी गरिएको बताइएको छ । क्याम्पसको कार्यलयमा तालाबन्दी गरिए पनि बिद्यार्थीको पठनपाठन कार्यमा कुनै अवरोध नगरिने स्ववियु सभापतिले बताएका छन । बिध्यार्थी संगठनले लाईबेरी बाट पुस्तक नपाएकाे भन्दै शुक्रबार क्याम्पसकाे लाईबेरीमा समेत ताला लगाएका थिए । क्याम्पस प्रमुखकाे कार्यलयमा ताला लागेकाे एक दिन पनि बित्न नपाउदै प्रमुख चेतन पाैडे्लले राजिनामा दिएकाे घाेषणा गरेका छन ।

पाैडे्लले अाफ्लनाे फेसबुक मार्फत पाेष्ट गर्दै लेखेका छन “पथरी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख पदमा रही व्यक्तिगत समस्याका कारण समय दिन नसक्ने भएकाले मिति २०७५ असार ३१ गते क्याम्पस प्रमुखको पदबाट सञ्चालक समिति अध्यक्षसमक्ष राजीनामा पेस गरेको छु । पदमा नबसी पनि क्याम्पसको उन्नति र QAA प्राप्तिका लागि अहोरात्र खट्ने छु ।”

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित