खातामा बिद्यार्थी देखाउने दिन सकिए : मन्त्री घिमिरे

बेलबारी । प्रदेश नम्बर १ का सामजिक बिकास मन्त्री जिवन घिमिरेले खातामा मात्रै बिद्यार्थी बढदै गएको भन्दै बिद्यालय अनुगमनलाई प्राथमिकता दिने बताएका छन ।

बेलबारी नगरपालिकाले आयोजना गरेको बिद्यालय तथा शिक्षक सम्मान कार्यक्रममा मन्त्री घिमिरेले बिद्यालय गाभिने डरले बिद्यार्थीको संख्या खातामा मात्रै बिद्यालयले बढाउने गरेकाले शैक्षिक क्षेत्रको गुणस्तर बढाउन प्रदेश तथा स्थानिय सरकारले अनुगमन गरेर कार्वाही तथा सम्मान गर्ने समेत जनाए । स्थानिय सरकारलाई सम्मान तथा दण्डीत गर्ने अधिकार छ मन्त्री घिमिरेले भने राम्रो काम गर्नेलाई सम्मान गर्नु होस नराम्रो काम गर्नेलाई ठाँउको ठाँउ कारवाही गर्नुहोस ।

कार्यक्रममा नगरपालिकाले सामुदायिक बिद्यालयमा शिक्षण सिकाई उपलब्धी मापन गरी शिक्षक तथा बिद्यार्थीलाई समेत सम्मान गरेको छ । सामुदायिक बिद्यालयमा दिन प्रतिदिन बिद्यार्थीको आकर्षण घटदै जान थालेपछि नगरपालिकाले शैक्षिक गुणस्तरका लागी शिक्षक तथा बिद्यालयलाई सम्मान गरेको हो । दुई बिद्यालय तथा बिषयगत १० जना शिक्षकलाई नगरपालिकाले सोमबार सम्मान गरेको छ ।

सम्मानित हुनेमा बेलबारी ११ मा रहेको लक्ष्मी मा.वि,बेलबारी ७ मा रहेको रामजानकी आधारभूत विद्यालय रहेका छन भने शिक्षकहरुमा मेघराज घिमिरे,टंकप्रसाद ओझा,छगन लाल तिम्सिना, सजिबबहादुर कार्की,धर्मकुमारी कालाखेती, अनिता तिम्सिना,माया दर्जी,अजम्बर विश्वकर्मा लगायत १० जना बिषयगत शिक्षकलाई नगरपालिकाले जनही १० हजार नगद,कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ भने बिद्यालयलाई नगद १ लाख सहित कदरपत्रले सम्मान गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित