इटहरी उपमहानगर खोपयुक्त घोषणा

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । प्रदेश नं १ का शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज इटहरी उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त उपमहानगर घोषणा गर्नुभएको हो । उहाँले समाजलाई स्वस्थ र समृद्ध बनाउन संवेदनशील भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री घिमिरेले इटहरीमै स्थापना गरिएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको समेत उद्घाटन गर्नुभयो । उहाँले लामो समयदेखि समुदायमा सक्रिय महिला स्वयमसेविकाका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री घिमिरेले ६० वर्ष उमेरसम्म महिला स्वयमसेविकाका रुपमा कार्यरत रोशियादेवी चौधरी, सहनीदेवी चौधरी, गोरियादेवी चौधरी, कृष्णमाया परियार, शीला चौधरी र मायादेवी चौधरीलाई जनही रु २० हजार पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान तथा बिदाइ गर्नुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित