छालालाई सेतो वा खैरो देखाउने दुबी के हो र किन हुन्छ ?

छालामा केही सेतो देखिने बित्तिकै दुबी भन्ने गरिन्छ । हरेक सेतो दाग दुबी हँुदैन । दुबी विभिन्न थरीका हुन्छन् । एउटा खैरो दुबी हुन्छ, अर्को सेतो दुबी हुन्छ । खैरो दुबी मान्छेको ढाडमा, घाँटीमा कपडाले छोप्ने भागमा हुन्छ । यो फंगल इन्फेकसनले गर्दा हुने गर्छ । पसिनाले फंगल बढेर हुने गर्छ । यस्तो खालको दुबी महिना दिन उपचार ग¥यो भने निको हुन्छ ।

सेतो दुबी भनेको भिटिलिगो पनि भनिन्छ । भिटिलिगो भनेको शरिमा रंग बनाउने मेलानोसाइट्स भन्ने तत्व हुन्छ, जुन तत्व छालको दुईटा तहमध्य सबैभन्दा मुनिपट्टिको तहमा हुन्छ । मेलानोसाइट्सले छालाको वरीपरीको भागलाई रंग दिने काम गर्छ । मान्छे गोरो–कालो मेलानोसाइट्सले वरीपरीको कोषिकाहरुलाई दिने रंग अनुसार बन्छ ।

कुनै कारणले रंग बनाउने मेलानोसाइट्स नष्ट भएपछि दुबी हुन्छ । शरीरमा टीसेल नामक कोष हुन्छ, जुन रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भनिन्छ । टिसेलले मेलनासाइटलाई नष्ट गर्छ । मेलनासाइट्स नष्ट भएपछि दुबी हुन्छ शरीरमा । माइकल ज्याक्सनमा यस्तो समस्या थियो, माइकल ज्याक्सन जन्मिदै सेतो होइनन् तर पछि भिटिलिगो भएको थियो । दुबी पनि एउटा फैलन खालको हुन्छ, कुनै दाग नफैलिने खालको हुन्छ ।

फैलिने दुबीले शरीरनै ढाक्छ । यसबाट ‘म नराम्रो देखिन्छु, म कुरुप देखीन्छु, मलाई क्यान्सर हुन्छ, मेरो बिहे हुँदैन’ भन्ने भावना उत्पन्न हुन्छ । हाम्रो नेपालमा यस्तो रोग देखियो भनेर घरबाट बाहिर निस्कन डराउने गर्छन्। मानिसले बुझ्न जरुरी छ । दुबी भनेको छालामा हुने समस्या हो । यो कसैले छुँदैमा सर्दैन । उपचारपछि निको हुन्छ भन्नेकुरा आम नेपालीले बुझ्नुपर्छ ।

यो समस्या देखिदैमा आत्तिनु हुँदैन । यो कुनै कुष्ट रोग वा क्यान्सर होइन । यो रोग छुँदैमा सर्दैन । मेरो छाला पूरै क्यान्सर हुन्छ वा मेरो जीवनको आयु घट्छ भनेर डराउनु पर्दैन । यो समस्या जुन उमेरमा पनि हुन सक्छ तर २० देखि ४० वर्षको उमेरमा यो समस्या उत्पन्न हुने सम्भावना बढी रहन्छ । दुबी हुँदैमा कुनै रोग लाग्यो भनेर आत्तिनु पर्दैन। यो छालाको समस्या हो र यसले अन्य अंगमा कुनै असर गर्दैन ।

यो समस्या भयो भने डाक्टरसँग परामर्स गरेर डाक्टरको सल्लाहअनुसार औषधि लगाउने, औषधि खाने गर्नुपर्छ । कुनै औषधि खाएर घाममा देखाउनु पर्ने हुन्छ । फोटो थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ। यदि सबै मेडिकल उपचारबाट भएन भने भिटिलिगो सर्जरी हुन्छ । जसमा नर्मल छाला भएकोे छाला ल्याएर यो समस्या भएको ठाउँमा टाँस्ने खालको सर्जरी हुन्छ । मेलानोसाइट्स प्रत्यारोपण गरर ेपनि दुबीको उपचार गर्न सकिन्छ । आजभोली नेपालमा पनि यो सेवा उपलब्ध छ ।

यो समस्या देखियो भन्दैमा हामीले खाना बार्नु पर्दैन । रबर, प्लाष्टिकबाट बनेको टाइट बेल्ट, जुत्ता, लुगा भने लगाउनु हँुदैन । दुबी भएको ठाउँमा कन्याउने हुँदैन । यो रोग निको हुन समय लाग्छ । कसैलाई एक महिनादेखि वर्षदिनसम्म पनि लाग्न सक्छ । नेपालमा कति यो समस्याबाट पिडित छन् भनेर एकिन तथ्यांक छैन । तर, छालाको समस्या लिएर आउने ३० देखि ४० जनानमध्ये दुई जना यही समस्या लिएर आइरहेका हुन्छन् । विश्वको तथ्यांक हेर्ने हो भने एकदेखि दुई प्रतिशमा यो समस्या देखिने गरेको छ ।

( छालारोग विशेषाज्ञ डा घिमिरे आवरण स्किन एन्ड हेयर क्लिनिकमा आवद्ध छन् ) साभार श्राेतः स्वस्थ्यखबर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित