तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले प्रशासनमा वुझाए ज्ञापनपत्र

पाँचथर / जिल्ला अस्पताल पाँचथरसहित फिदिम नगरपालिका भित्रका स्वास्थ्यकर्मीले आफुहरुले पाउनुपर्ने पुरा तलव नपाएको भन्दै यथासिघ्र पुरा तलव पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा पाँचथरमा ज्ञापन पत्र वुझाएका छन् । फागुन महिनादेखि तलवनैविना काम गरिरहेको र पाँच महिनापछि पाएको तलवपनि पुरा नपाएपछि तलव पुरा पाउनुपर्ने माग राख्दै स्वास्थ्यकर्मिहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएका हुन् ।

फागुन महिनादेखि तलव नपाएपछि गएको वैशाख महिनामा तलवको बारेमा नगरपालिकालाई जानकारि गराउँदा असार सम्मको एकामुष्ट तलव उपलब्ध गराउने आश्वासन पाएको जिल्ला अस्पताल पाँचथरका सुचना अधिकारि नारायाण जोशिले वताउनुभयो ।

तर वुधबार उपलब्ध भएको तलवमा जेठ महिनासम्मको मात्र रहेको जोशिको भनाई रहेको छ । जिल्ला अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरु छुट्टै पाउने गरेको जोखिम भतmा, नाइट भतmा साथै महगिं भतmा असोज महिनादेखि नपाएको स्वास्थ्यकर्मिको गुनासो गुनासो रहेको छ ।

यस्तै फिल्डमा काम गर्ने १६ जना स्वास्थ्यकर्मीहरुलेसमेत कातिक महिनादेखि फिल्ड भतmा नपाएको भन्दै भतmा पाउनुपर्ने भन्दै निवेदन दिएको जोशिले वताउनुभयो । नगरपालिकाभित्र रहेका जिल्ला अस्पतालसँगै नांगिन, याङनाम, लुङ्गरुप्पा, सिवा, चोकमागु र लुङफाबुङमा रहेको स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले पुरा तलब नपाएका हुन् । आफुहरुले पाउनुपर्ने

सम्र्पूण तलव तथा भतmा उपलब्ध गराउनुपर्नै त्यसको लागि सम्बन्धित निकाय फिदिम नगरपालिकाबाट २४ घण्टाभित्र चित बुझ्दो व्यस्थापन गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यता नगरपालिकाका प्रशासकिय अधिकृत गुरुद्धत सुवेदीले भने स्वास्थ्यकर्मिहरुले असार महिना सम्मकै तलव पाईसकेको वताउनुभएको छ । स्वास्थ्यकर्मिहरुले पाउनुपर्ने अन्य भतmाहरु मात्र नपाएको सुवेदीले वताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित