सुहागरात काे कल्पना

सुहागरात, अर्थात बिवाहको पहिलो रात । यसलाई कसरी स्मरणिय र रोमाञ्चक बनाउने र अक्सर नव जोडी यस्तै ध्याउन्नमा होलान् । यसका लागि उनीहरुले अनेक कल्पना गरेका हुन सक्छन् । सुहागरातको सबैभन्दा महत्वपूर्ण पाटो हो सहवास, अर्थात शारीरिक समागम । सहवासले नै सुहागरातलाई सुन्दर बनाउँछ । तर, सहवास जति महत्वपूर्ण छ, त्यसभन्दा पछाडिको क्रियाकलाप पनि कम महत्वपूर्ण छैन । पहिलो पटक यौन सम्बन्ध बनाइसकेपछि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने विषयमा अधिकांस नवविवाहित जोडीहरु अन्जान नै हुन्छन् । त्यसैले यहाँ यौन सम्बन्धपछि ‘सेफ ल्याण्डिङ’ गर्ने बारे उल्लेख गरिएको छ ।

पार्टनरसँग सामिप्यता

जब यौन सम्पर्क गरिसक्छन्, त्यसपछि अक्सर पति पत्नी अलग हुन्छन् । र, विपरित दिशामा फर्किएर निदाउने चेष्टा गर्छन् । यस्तो गल्ती सुहागरातमा पनि हुनसक्छ । यौन सम्बन्धलगत्तै अर्कोपट्ट फर्केर निदाउनु हुँदैन । बरु केहीबेर अन्तरंग गफ गर्नुपर्छ । आफ्नो रुचीका कुराहरु सेयर गर्नुपर्छ । जीवनका मिठा मिठा भोगाइहरु एक(अर्कालाई सुनाउनुपर्छ । तर, दुख र तनावको कुरा भने यतिबेला ननिकाल्नु उपयुक्त हुन्छ ।

सरसफाई

यौन सम्पर्क लगत्तै सुत्न हतारिने होइन । बरु, यौन सम्पर्क राखेको स्थानको सरसफाईमा ध्यान दिनुपर्छ । संभव भएसम्म नयाँ बेडकभर बदल्नुपर्छ ।

पानी पिउने

भनिन्छ, सुहागरातमा पहिलोपटक यौन सम्पर्कपछि पानी वा सरवत पिउनुपर्छ । सेक्स प्लेपछि शरीर हाइड्रेटेड हुने भएकाले त्यसको परिपुर्ति आवश्यक हुन्छ । यसका अलावा फलफुल वा इनर्जी बार खानु राम्रो हुन्छ ताकि शरीरमा क्षीण भएको शक्ति फेरि फिर्ता आओस ।

साबुनको प्रयोग नगर्ने

यौन सम्पर्कपछि नुहाउनु राम्रो हो । यौन सम्पर्क गरिसकेपछि पिसाब फेर्नुपर्छ । यसले गर्दा यौनाङ्गमा संक्रमण हुने अवस्था रहँदैन । साथै यौनाङको सफाई गर्नुपर्छ, यद्यपी साबुनको प्रयोग गर्नु उचित मानिदैन ।

प्रतिक्रिया

सम्बन्धित