तरकारीमा नुन कम हालेको भन्दै एक व्यक्तिले गरे आफै श्रीमती सँग सम्बन्ध बिच्छेद

हाम्रो समाजमा श्रीमान श्रीमतीको सम्बन्ध लाई एउटा बलियो सम्बन्ध को रुपमा हेर्ने गरिन्छ । तर कहिलेकाही यो सम्बन्धमा यस्ता दरारहरु आईपुग्छन कि सम्बन्ध नै अन्त्य हुन बाध्य हुने गर्दछ डिभोर्स को रुपमा ।हो यस्तै घटना घटेको छ बुटवलको फुख्खानगरमा ।
अझ रोचक त के छ भने यो सम्बन्ध विच्छेदको कारण यति सामान्य छ कि मान्छे हरु विश्वास नै गर्न सक्दैनन । तरकारीमा नुन कम हालेको भन्दै श्रीमान भोषणीलाल ले आफ्नी श्रीमती लाई डिभोर्स दिएका छन । उनी भन्छन “यो घटना सामान्य होईन । उसले सधै तरकारी मा कम नुन हाल्ने गर्छे । त्यसैले सम्बन्ध विच्छेद को निर्णय लिन पुगेको छु ।”

नेपाली समाजमा तरकारीमा नुन कम हुनु त कहिले नुन बढी हुनु , तरकारी डढ्नु , भात आधा काचो आधा पाकेको हुनु र कहिलेकाही चिया मा चिनीको साटो नुन पर्नु आदि सामान्य घटना मानिन्छन । यी त हाम्रा हिन्दी सिरियलको कमालहरु हुन । फेसबुकका उपजहरु हुन । तर यस्तो सामान्य बिषय मै सम्बन्ध विच्छेदको निर्णय लिनु कहाँ सम्म उचित होला यो त समयले नै बताउनेछ ।

प्रतिक्रिया

सम्बन्धित