आइसिटी अवार्डमा एकसय बढिको नोमिनेशन, जुरी समुहले सुरु गर्यो सेलेक्सन प्रोसेस

 प्रविधिमा अग्रजलाइ सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा सुरु भएको तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म खुल्ला गरेको अनलाइन आवेदनमा अहिलेसम्मकै सबैभन्दा बढि आवेदन आएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न ७ विधामा भइरहेको आइसिटी अवार्डमा सबैभन्दा धेरै स्टार्टअप कम्पनी अवार्ड र प्रडक्ट अवार्डमा नोमिनेशन दर्ता भएको छ । यि दुई अवार्डमा ५० भन्दा बढिको अनलाइन आवेदन आएको अवार्डका संयोजक तुषार न्यौपानेले जानकारी दिएका छन । यसैगरी आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्परा अवार्ड, आन्टरप्रेनर्स अवार्ड, डिजिटल गर्भनेन्स र आइसिटी मिडिया अवार्डमा पनि उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिए ।

अनलाइनमा विस्तृत विवरण सहित आएका अवेदन तथा डकुमेन्टको आधारमा उत्कृष्ट छान्ने प्रकृया सुरु भएको जुरी समुहका संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । जुरी समुहमा विभिन्न क्षेत्रबाट आइटीका १० जना विज्ञहरुको सहभागिता रहेको छ । यसैगरी जुरीको संयोजकमा पुर्वमन्त्री गणेश शाह सहित दुरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल, पुलचोक इन्जिनियरिङ अध्ययनका प्रा.डा शुवर्ण शाक्य, काठमाण्डौ विश्वविद्यालयका एचओडी प्रा.डा. मनिष पोखरेल, प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलि लगायतको सहभागिता रहेको छ ।
सेलेक्सन प्रसेसको पहिलो मिटिङ गत असार २५ गते सम्पन्न भएको छ । जुरीहरुले आवेदनमा आएको विवरण तथा अन्य डकुमेन्ट तथा प्रोफाइलहरु अध्ययन गरिरहेको र केहि दिनपश्चात सर्टलिस्ट सार्वजनिक गरिने छ । साउन ५ गते स्र्टाअप तथा प्रडक्ट अवार्डको लागि प्रिजेन्टेशन तथा इन्टरभ्यु सेसन सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । भदौ १ गते र्याडिसन होटलमा हुने अन्तिम कार्यक्रममा बिजेताहरुको नाम घोषणा हुने आयोजक लिभिङ विथ आइसिटीका सम्पादक राजन लम्सालले बताए ।

प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको सेलेक्सन प्रोसेस अनुरुप नै विभिन्न चरणका मिटिङ, अन्तवार्ता तथा अनलाइन भोटिङ सञ्चालन हुनेछन । विभिन्न ७ फरक विधाहरुमा हुने अवार्ड अत्यन्तै पारदर्शी र विश्वसनिय हुने विश्वास आयोजकले जनाएको छ । अवार्ड विजेताहरुले आकर्षक ट्रफी सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न महत्वपुर्ण प्लाटफर्ममा सहभागिता जनाउन पाउनेछन । उत्कृष्ट प्रडक्ट तथा स्टार्टअपलाइ अन्य प्राविधिक, आर्थिकसँगै इन्भेष्टमेन्टको वातावरण बनाउने प्रयास गरिने आयोजकको भनाई छ । अवार्डको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, आइटी विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एसिसिए, वल्र्डलिंक, नेटिस, साइबरनेटिक्स, खुबिलिटी लगायतको सहकार्य रहेको छ ।

अवार्डको विस्तृत जानकारी वेबसाइट www.ictaward.org , फेसबुक पेज तथा ICT नामक मोवाइल एप्लिकेशन मार्फत अपडेट रहन सकिनेछ ।

कस्ता छन अवार्डका विधा ?

आइसिटी अवार्ड २०१८ मा जम्मा सात वटा विधा रहेका छन । आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड सहित यस वर्ष डिजिटल गर्भनेन्स अवार्ड, आइसिटी आन्टरप्रिनर अवार्ड र आइसिटी मिडिया अवार्ड थप भएका छन ।

स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्प्रधा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्प्रधा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढि समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यत्तिलाई प्रदान गरिन्छ भने आइसिटी डायस्परा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यत्तिलाइ घोषणा गरिनेछ । यस वर्ष थपिएको आइसिटी आन्टरप्रिनर अवार्डमा कम्तिमा ५ वर्षदेखि कम्पनीको सस्थापक भएर काम गरिरहेका व्यत्तिहरुबाट छानेर उत्कृष्टलाइ प्रदान गरिन्छ । डिजिटल गर्भनेन्स अवार्ड सूचना प्रविधिको सहि सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाइ छिटो छरितो सेवा दिने सरकारी निकाय वा सस्थालाइ प्रदान गरिन्छ । आइसिटी मिडिया अवार्डमा कम्तिमा ३ वर्ष यस विधामा पत्रकारिता गरेका पत्रकारहरुले प्रतिस्प्रधा गर्न सक्नेछन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित