धरानका अधिकांश व्यापारीले उपभाेक्ताकाे स्वास्थ्यमा खेलबार्ड गरेकाे खुलासा, भाटभाटेनीमा भेटियाे कुहिएको सागसब्जी र फलफूल

धरान / अधिकांंश व्यापारी व्यवसायीले उपभोक्तालाई ठग्ने गरेको अनुगमनका क्रममा पाइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता सरक्षण विभाग, उपभोक्तावादी संस्था राष्ट्रिय उपभोक्ता मञ्च र इलाका प्रशासन कार्यालयको टोलीेले गरेको अनुगमनका क्रममा धरानका अधिकांश फर्महरु दर्ता विना सञ्चालनमा रहेका, पसलमा मूल्य सूचि नभएका, म्याद गुज्रिएका सामाग्री भेटिएको थियो ।

अनुगमन टोलीले धरान १३ कृषि उपज बजारभित्र गरेको अनुगमनका क्रममा धेरै जसो पसलको नाम उल्लेख नगरिएको, व्यवसायिक प्रमाणपत्र नलिएको र मूल्य सूचि नराखिएको पाइएको थियो । यस्तै अनुगमन समितिले धरान १ मा रहेको भवानी श्री टे«डर्समा अनुगमन गर्दा वास्तविक तौल भन्दा कमका खाद्यान्न विक्री गर्ने गरेको पाइएको थियो । अनुगमन कर्ताले पसलमा रहेका साामग्रीको तौल लिदा ट्रेडर्सका सञ्चालक राजकुमार अग्रहरीले ३० केजीको सारथी चामलको तौलमा नेट तौल नभई ४ सय २० ग्राम घटी रहेका पाइएकोे थियो भने २० केजी प्याक रहेको सूर्य चामलमा १ सय ८० ग्राम तौल घढी र १० केजीको प्याक गरिएको डाफे भुजियामा ४० ग्राम कम भएको पाइएको थियो । यस्तै धरान १ मै रहेको मोहन किराना पसलमा २०१६ मा बनेको पापडको ६ महिनाको म्याद भएपनि अहिलेसम्म विक्री वितरण गर्ने गरेको पाइएको थियो । गोवरचन्द सन्तोष चन्द भारतले उत्पादन गरेको १ सय २५ ग्रामका १२ प्याकेट र ६ सय ग्रामको १५ प्याकेट त्यस्ता पापडहरु भेटाइएका थिए । यस्तै धरान १ मै रहेको गोपाल किराना पसलमा दुई केजी प्याकको हुलास आटा र पसलमा बेच्न राखिएको बनस्पिति घिउको म्याद गुज्रिएको पाइएको थियो ।

साना तथ खुद्रे मात्र हैन नेपालमै नाम चलेको व्यापारिक प्रतिष्ठानमा समेत उपभोक्ताको स्वास्थ्यमा खेलबार्ड गरी सामाग्री विक्री गरेको पाइएको छ । प्रतिष्ठित व्यापारिक केन्द्र धरानको भाटभाटेनीमा अधिकांश फूलफूल, तरकारी तथा अन्य सामाग्रीमा उपभोग गर्ने म्याद भएपनि कुहिएको पाइएको थियो । अनुगमनका क्रममा भाटभाटेनीमा म्याद रहेका सागसब्जी, फलफूलमा जुनार, स्याउ कुहिएको भेटिएको थियो भने ४४ वटा नरिबल फोर्दा सबै कुहिएको पाइएको थियो । यता भर्खरै खोलेको गोरखामा र धरानको बीचमा रहेको बराहमा केही नभेटिएपनि धरान ८ मा रहेको सेल्स बेरीमा केह सामाग्रीमा लेबल नभएको र सामानको मूल्य बढी लिने गरेको पाइएको थियो ।

अनुगमनमा खटिएका विभागका शाखा प्रमुख रमेश काजी श्रेष्ठले कारबाही भन्दा पनि पहिलो पटक सचेत बन्न चेतावनी दिएको बताउनुभयो । उहाले १७ वटा फर्ममा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका त्यस्ता समानलाई नष्टगरिएको बताउनुभयो । विभागका तर्फबाट अम्बिका अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रयि सदस्य तीर्थ महर्जन, इलाका प्रशासनका तर्फबाट अरुणकुमार राई, रञ्जु दाहाल, राष्ट्रिय उपभोक्ता मञ्च सुनसरीका अध्यक्ष नारायणराज राईलगायतकोे सहभागितामा अनुगमन गरिएको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित